भारतीय नागरिकसहित तीन जनाको कोरोना सङ्क्रमणका कारण विराटनगरमा मृत्यु

खबर पूर्वाञ्चल, १९ बैशाख २०७८, आईतवार ०८:२६

विराटनगर / पछिल्लो १२ घण्टामा विराटनगरको दुई अस्पतालमा एक भारतीय नागरिकसहित तीन जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मृतकमध्ये भारतीय नागरिक पुरुष हुन् भने अरु दुई जना वृद्धा महिला हुन् । भारतीय नागरिकको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आज विहान ७ बजे १० मिनेटमा मृत्यु भएको हो भने विराटनगर र सुनसरी ठेगाना भएका दुई वृद्धा महिलाको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा हिजो राति र आज विहान मृत्यु भयो ।

नेपालसँग सिमाना जोडिएको भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए । अस्पतालले प्राप्त गरेको जानकारी अनुसार व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए ।

कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको देवले बताए । मृतकको शव व्यवस्थापन कसरी गर्नेभन्ने विषयमा सरोकारवाला निकायसँग समन्वय भइरहेको उनको भनाइ छ ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आज विहान ६ः४० बजेतिर मृत्यु भएको छ । कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको उनले बताए । राजवंशीका अनुसार शनिबार नै उपचारका लागि भर्ना गरिएको थियो । दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५