RUMPUM
animated ellipse animated ellipse

विराटनगरका मेयर नागेश र उपमेयर शिल्पाको अग्रता फराकिलो हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०७९, सोमबार ०८:२८
891
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा निरला कार्कीले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

आज विहानसम्मको नतिजामा कोइरालाले ४५३१ मतसहित अग्रता स्थानमा रहेका छन् । उनलाई पछ्याईरहेका एमालेका सागरकुमार थापाले ३३१५ मत ल्याएका छन् । स्वतन्त्रका उमेदवार उमेश यादवले १३६९ मत ल्याए भने राप्रपा उम्मेदवार प्रह्लाद साहले ७६६ मत प्राप्त गरेका छन् । प्रमुखमा कोइरालाले थापासँग १ हजार २१६ मत अन्तरले अग्रता बनाएका हन् ।

उपप्रमुखमा एमालेकी कार्कीले जसपा उम्मेदवार अमरेन्द्र यादवसँग १ हजार ३३८ मतले अग्रता बनाएकी छन् ।

कार्कीले ३ हजार ७६३ मत ल्याउँदा यादवले २ हजार ४२५ मत ल्याए । त्यस्तै राप्रपा उम्मेदवार विन्दा आचार्यले ९५४ मत तथा स्वतन्त्र उम्मेदवार नमिना न्यौपानेले ७६६ मत ल्याएर चौथो स्थानमा यथावत रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार