भरुवा बन्दुकसहित एक पक्राउ

खबर पूर्वाञ्चल, २ आश्विन २०७८, शनिबार १७:१८

विराटनगर / मोरङको मिक्लाजुङदेखि भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मिक्लाजुङ गाउँपालिका – ५ का ४३ बर्षीय जगतबहादुर लिम्बु भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुले आफ्नै घरमा २ नाल भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले हतियारसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । लिम्बुले हतियार लिएर जंगलमा सिकारी खेल्न जाने गरेको बुझिएको छ । हतियार कहाँबाट ल्याए यस विषयमा पनि थप अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका लिम्बुलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५