खबर पूर्वाञ्चल
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २६, झापामा १७, सुनसरीमा ७ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २२, सुन्दरहरैचा, रंगेली, बुढीगंगा र सुनबर्षीमा १–१, झापाको भद्रपुरमा ११, बुद्धशान्तिमा ३, मेचीनगरमा २ र अर्जुनधारामा १, सुनसरीको धरानमा ४, इनरुवामा २ र दुहवीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।