AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

घर निर्माणका क्रममा दुर्घटना हुँदा १ जना महिलाको मृत्यु , ३ जना घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ आश्विन २०८२, बुधबार १८:१२
81
Shares
विराटनगर/ मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा दुर्घटना हुँदा मंगलबार साँझ १ जना महिलाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।

निर्माणका क्रममा मसला बोक्ने याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार घटना साँझ करिब ५:२० बजेतिरको हो। स्थानीय होमबहादुर कटुवालको घर ठेक्कामा लिएर निर्माण गर्दै आएका खड्गबहादुर कार्कीले लगाएका कामदारले याङ्गलको प्रयोग गरेर मसला बोक्ने क्रममा दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।

उनका अनुसार मसला बोक्ने क्रममा डोरी चुँडिएर झरेको याङ्गलले किच्दा बेलबारी नगरपालिका–९ डाँगीहाटकी ४८ वर्षीय देवकुमारी राजवंशीको मृत्यु भएको हो। याङ्गलले लागेर गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाएको थियो। अस्पताल पुर्याउनसाथ साँझ ६ : १० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

याङ्गलले किचेर बेलबारी–९ की ५० वर्षीया डामानी राजवंशी, ४० वर्षीया शर्मीला राजवंशी र ३१ वर्षीया रेनुका राजवंशी घाइते भएका छन्। नोबेल अस्पतालमै उपचाररत उनीहरूमध्ये डामानी र शर्मीलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। रेनुकाको अवस्था सामान्य छ।

लापरवाहीपूर्ण तरिकाले घर निर्माण गरिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर