खबर पूर्वाञ्चल
विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २ सय रनको फराकिलो रन अन्तरले पराजित गर्दै वाइआरसिसीले उपाधि जितेको हो ।
जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफि हात पारेको छ । उपबिजेता बनेको होराइजनले ७५ हजार रुपैयाँमा चिक्त बुझायो ।
वाइआरसीसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ २ सय ४६ रन बनाएको हो । जितको लागि वाइआरसीसीका देव खनालले आक्रमक ब्याटिङ गर्दै सतक हाने । उनले ३४ बलमा ११२ रन जोडे । खनालले १२ छक्का र ८ चौका प्रहार गरे । उनले यो प्रतियागितामा दोस्रो सतक हो ।
नारायण जोशीले १६ बलमा ४९ रन बनाए । उनले ५ छक्का र ४ चौका हिर्काए । अभिषेक पाठकले १८ बलमा ३३ रन पारी खेल्दा विपिन खत्रीले १४ रन बनाए । वाइआरसीसीका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
होराइजनका बलर इमरान शेखले ३ विकेट लिए । दिपेश कँडेल, श्रवण किस्कुले समान २–२ विकेट लिए ।
वाइआरसीसीले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको होराइजनले ७ दशमलव १ बलमा सबै विकेट गुर्माइ ४६ रन मात्रै बनाए । सुजन थपलियाले १२ रन, दिपेश कँडेलले १० रन बनाए । होराइजनका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
उपाधि हात पार्न वाइआरसीसीका हेमन्त धामीले आक्रमक बलिङ गरे । उनले एक्लै ३ दहमलव १ बलमा १६ रन खर्चेर ७ विकेट लिए । उनी खेलको प्लेयर्स अफ द म्याच घोषित भए । त्यसैगरी बिपिन खत्रीले ३ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट बलर होराइजन क्रिकेटका श्रवण किस्कु, उत्कृष्ट ब्याटर वाइआरसिसिका देव खनाल र प्लेयर्स अफ द सिरिज वाइआरसिसिको अभिषेक पाठक घोषित भए ।
बिजेता हुने टिमलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सृजना राई, खेलकुद विकास बोर्डका सदस्य सचिब पर्शुराम बस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुरली चौधरीले बितरण गरेका थिए ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुल महासंघको आयोजनामा वैशाख २८ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालको १० र भारतको ६ टिम गरी १६ टिमको सहभागि रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।