खबर पूर्वाञ्चल
आइतबार परेको जन्मदिनमा डा. रोकाले विराटनगर – ८ स्थित विराटेश्वर वृद्धाश्रममा सामाजिक कार्य गरेर मनाएका हुन् । उनले जन्मदिनमा आश्रममा रहेका ६० जना ज्येष्ठ नागरिकहरूलाई आउँदै गरेको जाडोमा लगाउने न्यानो कपडा, स्वास्थ्य सामाग्री र खाजा बितरण गरे ।
डा. रोकाले विराटेश्वर वृद्धाश्रममा बन्दै गरेको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गरेका छन् । उनले नगद २५ हजार रुपैयाँ आश्रममा सहयोग प्रदान गरे । जन्मदिन अवसरमा सामाजिक काम गर्न पाएको आफुलाई खुसीको अनुभूति भएको उनले बताए । आउँदा दिनमा पनि आश्रममा सामाजिक काममा सहयोग गर्दै अगाडी बढउने उनले बताए । डा. रोकाले यस अघि पनि सामाजिक कार्य गर्दै आएका छन् । वृद्धाश्रममा डा. रोकासहित श्रमित र दुई छोरालाई लिएर पुगेका थिए ।
पछिल्लो समय जन्मदिन रमाइलो गरि मनाउने परम्परा चलिरहेको बेला डा. रोकाले वृद्धाश्रममा आएर पुन्यको काम गरेको विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले बताए ।