animated ellipse animated ellipse

भलिबल प्रतियोगितामा एनईएससीले सहभागिता जनाउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७९, सोमबार १८:४८
585
Shares
अष्ट्रिया/ फिनल्याण्डमा हुने युरोपियन भलिबल टुर्नामेन्टमा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले सहभागिता जनाउने भएको छ ।

हिमालयन स्पोर्टस क्लब फिनल्याण्डको आयोजनामा आगामी जनवरी ८ तारिखमा हुने टुर्नामेन्टमा संघले सहभागिता जनाउने निर्णय गरेको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । संघबाट खेम विश्वकर्माको कप्तानीमा दिलकुमार घमाल, रोहित विश्वकर्मा, प्रेम रसैली, गर टेम्बा शेर्पा, अमृत तिवारी, अञ्जन अधिकारी, राजु विश्वकर्माले सहभागिता जनाउने निश्चित भएको छ ।

त्यसैगरी संघका खेलकुद सल्लाहकारसमेत रहेका आङकाजी शेर्पा, किरण भण्डारी, रावत विजय पल, प्रेम खड्का, हरि घमालले पनि प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष घमालले बताए । टिम म्यानेजरका रुपमा पासाङ शेर्पा रहनेछन् ।

“हामी उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदैछौं,” अध्यक्ष घमालले भने, “उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौं । यो प्रतियोगिताले युरोपमा रहेका नेपालीहरुलाई भावनात्मक रुपमा जोड्ने मैले महसुस गरेको छु ।”

यसअघि नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले गत वर्ष भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. Dherai Ramro khabar padhna paye khusi lagyo milyo vane ma pani darsak ko rup ma jane xu ra aba (NESC) le arko volleyball Turnament Kahile gardai hunuhunxa khabar pau abasya aaune xu Dhanyabad

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर