टीकापुरको न्यायिक समितिद्वारा महानगरको अवलोकन भ्रमण

खबर पूर्वाञ्चल, १९ भाद्र २०७९, आईतवार १९:२६
90
Shares
विराटनगर/ कैलालीको टीकापुर नगरपालिकाको न्यायिक समितिले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ ।

नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक खडकबहादुर शाहको नेतृत्वमा आएको टोलीले महानगरको भ्रमण गरेको हो ।

टोलीलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्वागत गरेका थिए । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की काम विशेषले विराटनगरभन्दा बाहिर रहेका कारण महानगरले गरिरहेका न्याय सम्पादनका विषयमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी गराएका थिए । बस्नेतले समग्र महानगरले गरिरहेका कामकारबाहीका बारेमा समेत टोलीलाई अवगत गराए ।

टोलीले महानगरको बजेट बाँडफाँडको अवस्था, न्यायिक समितिप्रति जनअपेक्षा, विकास निर्माणमा टोल संगठनहरुको भूमिका, प्रदेश सरकारसँगको समन्वयको अवस्थालगायतका विषयमा जिज्ञासा राखेको थियो । टोलीमा न्यायिक समितिका सदस्य बलवीर थारु, टंक ओली कार्की, सदस्यसचिव केशवबहादुर थापा, कार्यपालिका सदस्यहरु बलिराम चौधरी, यज्ञप्रसाद न्यौपाने, दीर्घबहादुर ठकुल्ला, लोटन चौधरीका साथै महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, प्रशासन शाखाका केवल पोखरेलगायतको सहभागिता रहेको थियो ।

टोलीले न्यायिक समितिको इजलासको समेत अवलोकन गरेको थियो । “महानगरको इजलास साँच्चिकै व्यवस्थित र आकर्षक रहेछ,” संयोजक शाहले भने, “अन्य पालिकाहरुको पनि इजलास अवलोकन ग¥यौं, यहाँको अलि व्यवस्थित रहेछ ।” पालिकास्तरमा अध्ययन अवलोकन भ्रमण हुनुपर्नेमा उनले जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले पनि अध्ययन भ्रमणले अनुभव आदानप्रदान हुने र राम्रो पक्षको अनुशरण गरेर आफ्नो पालिकाको विकास गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५