यौन दुव्र्यवहार आरोपमा फरार रहेका मदर्साका मौलना अमरुद्दिनले गरे छ महिनापछि प्रहरीमा आत्म सर्मपण

खबर पूर्वाञ्चल, १५ असार २०७७, सोमबार १९:३०

विराटनगर / विराटनगर– ८ अशोक चोकस्थित मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीलाई मदर्सामा यौन दुव्र्यहार गरेपछि फरार भएका विराटनगर–८ का अमरुद्दिन मियाँ छ महिनापछि प्रहरीमा आत्म सर्मपण गरेका छन् ।

मदर्सा अजमा मुस्तिमाका मौलाना समेत रहेका मियाँले पढ्न गएको समयमा १३ र १४ वर्षीय बालिकालाई ढोका थुनेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनी दुई दिन अगाडी शनिबार मोरङ प्रहरीको सम्पर्कमा आएका हुन् ।

पक्राउ परेका मोलवी अमिरुद्धिनलाई जिल्ला अदालत मोरङमा प्रहरीले आइतबार बालयौन दुव्र्यवहार मुद्दामा सात दिनको म्याद थप गरेको हो ।

मोलवी अमिरुद्धिनले गत माघ ७ गते र माघ ८ गते गरि मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

छात्राहरूले मोलबी विरुद्ध मोरङ प्रहरीमा जाहेरी दर्ता गराएपछि फरार भएका थिए । प्रहरीले अदालतमा अमिरुदिन विरुद्ध बाल यौन दुव्र्यवहार मुद्दामा म्यात थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्धिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पीडित छात्राले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । माघ ८ गते बुधबार, यौन दुव्र्यवहार भएपछि पीडित छात्रा भोलीपल्ट मदरसा जान मानेकी थिइनन् । उनकी आमाले मदरसा जानै पर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलवीले गरेको दुव्र्यवहारको बिषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

मोलवी अमिरुद्धिले यसअघि गएको माघ ७ गते समेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक १४ बर्षिय छात्रालाई समेत यौन दुव्र्यवहार गरेको आरोप छ । दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्धिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुव्र्यवहार गरेको आरोप छ । २०६४ सालदेखि सो मदर्सामा अध्यापन गराउदै आएका मोलवी अमिरुद्धिनले छात्राहरुलाई यसअघिपनि पटकपटक यौन दुव्र्यवहार गर्दै आएको स्थानियको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५