RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ५ सय १५ जना कोरोना संक्रमित निको भए भने ५० जना संक्रमित थपिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ पुष २०७७, बिहीबार १६:५८
396
Shares
विराटनगर /पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय १५ जना कोरोना संक्रमित निको भए भने ५० जना संक्रमित थपिएका छन् ।

होमआईसोलेसनबाट ५ सय १, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन् । अहिलेसम्म निको हुनेको संख्या २६ हजार २ सय ९६ पुगेको छ ।

प्रदेश १ मा आज थप्एिका ५० जना संक्रमित मध्ये मोरङमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १३, सुन्दरहरैचा, मिक्लाजुङ, बेलबारी र लेटाङमा १–१, सुनसरीको धरानमा ९, इटहरीमा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, झापाको दमकमा ११ र भद्रपुरमा १, इलामको चुलाचुली, पाँचथरको याङवरक, ओखलढुङ्गाको चिशंखुगढीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५ सय ७४ पुगेको छ ।

प्रदेश १ मा आज ३ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर