RUMPUM
animated ellipse animated ellipse

विराटनगरबाट चार महिनाअघि बेपत्ता भएका तीन बालबालिकको भारतबाट उद्धार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ पुष २०८०, मंगलवार १८:३३
423
Shares
विराटनगर / विराटनगरबाट ४ महिना अघिदेखि बेपत्ता भएका तीन बालबालिकाको राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको पहलमा भारतबाट उद्धार गरिएको छ ।

गत असोज ६, १० र २८ गते विराटनगर १८ र १९ नम्वर वडाबाट हराएका ५ बर्षीय बालक, ११ बर्षीया बालिका र १४ बर्षीय बालकको भारत स्थित किन इण्डिया, शुभअवसर ग्राम नेपालको सहयोगमा उद्धार गरिएको राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ का समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार उद्धार गरिएका ५ बर्षीय बालक र ११ बर्षीया बालिकालाई परिवारमा पुर्नमिलन गराईएको छ । १४ वर्षीय बालकका परिवार हाल फेला नपरेकाले अस्थायी संरक्षणका लागि सिपीसीएस बेलबारी, मोरङमा राखिएको समन्वय अधिकृत अधिकारीले जानकारी दिए । उनका अनुसार ५ बर्षीय बालकलाई भारत पूर्णीयाबाट धर्मपुत्रका रुपमा पठाउने तयारी गरेको अवस्थामा उद्धार गरिएको हो ।

आर्थिक वर्ष २०६२–०६३ देखि २०७७–०७८ सम्म कोशी प्रदेशबाट १३६ जना बालबालिका हराएका छन् । समन्वय अधिकृत अधिकारीका अनुसार हराएका मध्ये ७१ जना फेला परेको र ६५ जना फेला पर्न बाँकी रहेको छ । आर्थिक वर्ष २०७९–०८० मा समन्वय केन्द्रले अपहरणमा परेकी एक बालिकाको उद्धार गरि पारिवारिक पुर्नमिलन गराएको छ । बेचविखन तथा भारतबाट १५ जना बालबालिकाको उद्धार गरिएको, बेवारिसे अवस्थामा रहेका १३ जना बालबालिकाको उद्धार गरिएको समन्वय अधिकृत अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर