खबर पूर्वाञ्चल
केही विद्यालयले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेको गुनासो बढेपछि निजी विद्यालय सञ्चालकहरूको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) दुवैले यस्तो निर्देशन दिएका हो ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘लकडाउनका बेला कुनै पनि विद्यालयले शुल्क नउठाउनुहोला ।’ विद्यालयहरूकोे विभिन्न समस्या भए पनि अर्को निर्णय नहुँदासम्मका लागि यस्तो निर्णय गरिएको अध्यक्ष पुरी बताउँछन् ।‘विद्यालय सञ्चालनमै नभएका बेला शुल्क उठाउने कुरै भएन’ एन(प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा भने, ‘कुनै पनि विद्यालयले संकटको यो घडीमा शुल्क तिर्न ताकेता गर्नु नहुने बताए ।’
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालयमा शुल्क नलिन, विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र पठनपाठन गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
शिक्षा मन्त्रालयले पनि अर्को निर्णय नहुँदासम्म विद्यार्थी भर्ना, पठन पाठन, परीक्षा र शुल्क नउठाउन निर्देशन दिइसकेको छ ।