RUMPUM
animated ellipse animated ellipse

खेलकुद महासंघको महाधिवेशन आईतबारदेखि, केपी ओली खुला दौड प्रतियोगिता हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७९, शनिबार १७:३७
108
Shares
विराटनगर / नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनको तयारी पूरा भएको छ । ‘

खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा सहित महाधिवेशन हुन लागेको आयोजक समितिले जनाएको छ ।

नेपाल खेलकुद महासंघले आज विराटनगरमा पत्रकार सम्मेलन गरि महाधिवेशन र खुला दौड प्रतियोगिताको बारेमा जानकारी दिँदै आईतवार हुने खुल्ला दौड प्रतियोगितामा एमाले अध्यक्ष केपी शर्मा ओली आउने जानकारी गराएको हो ।
महाधिवेशन उद्घाटनको अवसरमा फागुन ७ गते विहान केपी ओली रोड रेसको प्रथम संस्करण २०७९ हुने तयारी भएको आयोजक समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी दिए ।

विराटनगरको सहिद रंगशाला विराटनगरबाट शुरु हुने रोडरेस (खुला दौड) हाटखोला पुष्पलाल चोक, बरगाछी, महेन्द्र चोक हुँदै रोडशेष पुगेर महाधिबेशन स्थल जाने तयारी भएको आयोजक समितिले जनाएको छ । खुला सडक दौड प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले जनही नगद एक÷एक लाख प्राप्त गर्ने जनाईएको छ ।

महासंघको महाधिवेशनलाई लक्षित गरि नेफोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति व्याडमिन्टन प्रतियोगिता जारी रहेको छ । ब्याडमिन्टन प्रतियोगिता २ गतेदेखि जारी छ । आईतबार सम्पन्न हुनेछ ।

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह आईतबार विराट नर्सिङ होम पूर्व रेको महोत्सवस्थलको मैदानमा पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीको उद्घाटन गर्ने संयोजक बस्नेतले बताए ।
महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबट्टी लगायतको खेलहरु प्रदर्शन गरिने खेलकुद महासंघ प्रदेश १ का ईन्चार्ज सन्तोष बान्तवाले जानकारी दिए । जातीय संस्कृति झल्कने भेषभुषा सहितको सन्थाल, चौधरी, धिमाल, उराँव, राई (साकेला) नेवारहरुकोे लाखेलगायत सास्कृतिक झाँकीहरु प्रदर्शन गरिने उनको भनाई छ ।

बन्दसत्रको कार्यक्रम फागुन ७ गते बेलुकाबाट मनासलु पार्टी प्यालेसमा हुने जनाईएको छ । महाधिबेशनमा ७७ जिल्लाका प्रतिनिधि, २८ खेलसंघ प्रतिनिधि, ७ प्रदेश र १ उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु सहित ५३० प्रतिनिधि सहभागी हुने जनाईएको छ । २९९ केन्द्रीय सदस्य महासंघमा अध्यक्षकोलागि अहिलेसम्म पर्शुराम बस्नेत बाहेक अरुले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । बन्दसत्रमा राजनैतिक तथा सांगठनिक कायिक विधानलगायत प्रतिवेदनहरु प्रस्तुत गरिने प्रवक्ता तिर्थबहादुर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर