पूर्वाञ्चल खबर



शिखर अर्गनाइजेसनअन्तर्गतका नटराज एग्रो प्रालि, तुलसी बहुमुखी सहकारी संस्था, गोर्खा टी एण्ड कफी, तुुलसी इण्डस्ट्रिज प्रालि र शिव शिखर एग्रो प्रा।लिले फुड बैङ्कको स्थापना गरेको शिखर अर्गनाइजेसनका जनसम्पर्क अधिकृत राम लिम्बूले बताए । अहिले तत्काललाई एक साताका लागि भनेर सुरु गरिएको फुड बैङ्कलाई अन्य क्षेत्रबाट सहयोग मिलेको खण्डमा निरन्तरता दिन सकिने उनको भनाइ छ ।
वैशाख तेस्रो साताबाट मोरङमा निषेधाज्ञा लगाइएको छ । लामो समयदेखि निषेधाज्ञा लगाइए पनि सरकारबाट राहत वितरण नभएपछि भात खान नपाएका गरिबको समस्या हेरेर फुड बैङ्कको अभियान चलाइएको जानकारी लिम्बूले दिए ।
दैनिक विहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने वैंकमा दुई सय गरीवहरुलाई खाद्यान्न वापत दुई किलो चामल, ५ सय ग्राम दाल, एक केजी नुन र एक सय ग्राम सोयाविन वितरण शुरु गरेको छ ।
–––