RUMPUM
animated ellipse animated ellipse

संखुवासभामा टिकाराम पुरीलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ बैशाख २०८०, आईतवार १८:५९
297
Shares
खादबारी / निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन( प्याब्सन)का पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीलाई संखुवासभाका तीन संस्थाले सम्मान गरेको छ ।

शनिबार संखुवासभाको सदरमुकाम खादबारीमा आयोजित कार्यक्रममा तीन संस्थाले पुरीलाई सम्मान गरेको हो ।
पुरी संखुवासभाका बासिन्दा हुन् । उनलाई मकालु साहित्यिक समाज खादबारी, निजी तथा सस्थागत विद्यालय अर्गनाइजेशन (प्याब्सन) संखुवासभा र हिमालय माध्यमिक विद्यालयको २०४२ सालको एसएलसी ब्याचले सम्मान गरेको हो ।
संखुवासभाबाट एसएलसी पास गरेपछि अध्ययनका लागि विराटनगर आएका उनले प्याब्सन मार्फत राष्ट्रीय स्तरको पहिचान बनाएका छन् । राजधानी भन्दा बाहिरबाट पहिलो पटक पुरी केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए ।
संखुवासभामा जन्मिएका व्यक्तीले राष्ट्रीय पहिचान बनाएका कारण योगदानको कदर गर्दै सम्मान गरिएको मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए ।
सम्मानपछि कार्यक्रममा बोल्दै पुरीले कर्म गर्ने सिलसिलामा जन्मघर भन्दा बाहिर भएपनि संखुवासभाको मायासधै रहिरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर