animated ellipse animated ellipse

मुख्यमन्त्री कप राष्ट्रिय महिला कप कोशीको पोल्टामा, ब्यवस्थापन फितलो हुँदा फाइनलनै प्रभावित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०८१, बिहीबार १८:०८
81
Shares
विराटनगर / कोशी प्रदेशको टोलीले दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

आज विराटनगरस्थित पुरानो तरकारी बजार गुद्रीमा सम्पन्न उपाधि भीडन्तमा सुदूरपश्चिम प्रदेशलाई २–३ को रोमाञ्चक सेटमा हराउँदै कोशीले उपाधि हात पारेको हो । उपाधी हात पार्ने क्रममा कोशीले पहिलो, दोस्रो र पाँचौं सेट आफ्नो पक्षमा पारेको थियो । कोशीले पहिलो सेटमा सुदूरपश्चिमलाई २५–२३, दोस्रो सेटमा २५–१८ र पाँचौ सेटमा १५–१३ ले पराजित गरेको थियो । त्यसैगरि, कोशीले तेस्रो सेट २६–२४ र चौथो सेट पनि २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । उपाधि हात पारेसंगै कोशीले ३ लाख रुपैया नगद र ट्रफी प्राप्त गरेको छ । त्यसैगरि, दोस्रो भएको सुदूरपश्चिमले १ लाख ५० हजार रुपैया र ट्रफी हासिल गरेको छ । त्यसैगरि, तेस्रो स्थानमा चित्त बुझाएको मधेश प्रदेशले ७५ हजार रुपैया हासिल गरेको छ ।

कुल ४ प्रदेशको सहभागितामा आयोजित मुख्यमन्त्री कपको चौथो स्थानमा रहेको बागमती प्रदेशले सान्त्वना स्वरुप ५० हजार रुपैया पाएको छ । प्रतियोगितामा उत्कृष्ठ खेलाडी कोशी प्रदेशकी सुनिता खड्का, डिफेन्स मोनिका श्रेष्ठ र ब्लकर सुनिता राई भए । त्यसैगरि, उत्कृष्ट सेटर सुदूरपश्चिमकी रेखा ठगुन्ना र सर्भर ऋतिका खडायत भइन् । मधेश प्रदेशकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन् ।

फितलो ब्यवस्थापनसंगै मौषम अनुकुन नहुँदा खेल प्रभावित
असार २२ गते प्रतियोगिताको उद्घाटनबाट नै आयोजक प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशलाई मौषमले साथ दिएन । प्रतिकुल मौषममा आयोजित भलिबल उद्घाटनको पहिलो दिन नै नमूना खेलबाट सुरुआत भएको थियो । प्रतियोगिता तालिका अनुसार पहिलो दिनको खेल बागमती प्रदेश र कोशी प्रदेशको रहेको थियो । वर्षाका कारण सो खेल नमूनाका रुपमा खेलाइयो र प्रतियोगिता औपचारिक रुपमा २३ गतेबाट सुरु भयो ।

त्यसैगरि, प्रतियोगिताको फाइनलसमेत मौषमको खराबी र आयोजकको फितलो ब्यवस्थापनका कारण प्रभावित भएको थियो । हिजोको फाइनल खेल समयमा नसकिदाँ आज विहान पुनः सुरुवातबाट आयोजना गर्नुपरेको प्रतियोगिता संयोजक तथा बोर्ड सदस्य थालु राजभण्डारीले जानकारी दिइन् ।

संयोजक राजभण्डारीका अनुसार फाइनल हिजो नै सक्नुपर्ने तालिका भएपनि तेस्रो स्थानको खेल सकिन समय लागेको र त्यसपछि फाइनल गर्दा अध्यारो भएको थियो । अस्थायी कोर्ट निर्माण गरि आयोजना गरिएको प्रतियोगितामा बत्तीको ब्यवस्थापन नहुदाँ खेल आज पुनः सुरुबाटै गरिएको उनले बताइन् । हिजोको खेल रोकिदाँ सुदूरपश्चिमको टोली २–१ ले अग्रतामा रहेको थियो । तर बेलुका अध्याँरो भएपछि फाइनलनै रोकेर अर्को दिनका लागि सारिएको खेलमा टोली पराजित हुन पुगेको सुदूरपश्चिमका प्रशिक्षक लालबहादुर बटालाले बताए । उनले भने, ‘फाइनलका लागि हिजो पूर्वनिर्धारित समयमा दुवै टोली समयमा कोर्टमा पुगेका थियौं । तर खेल नै ढिलो सुरु भयो । अब के गर्ने ? हिजो हामी लयमा थियौं तर विडम्बना खेल निरन्तर हुन सकेन ।’

बोर्डका अर्का एक सदस्यका अनुसार स्टेजको कार्यक्रम, आसन ग्रहणका कार्यक्रमले ढिलाई हुँदा खेल नै बेलुका ढिलो गरि सुरु भएको थियो । उनले भने, ‘आसन ग्रहणको कार्यक्रमलाई प्राथमिकतामा नराखेर निर्धारित समयतिरबाट खेल सुरु गरिएको भए, नतिजा हुने थियो । जुन बेला सुदूरपश्चिमको टोली लयमा रहेको थियो । त्यो खेल निरन्तर हँुदा नतिजा अर्कै आउन सक्थ्यो ।’

भइरहेको खेल कुनै कारण अवरुद्ध भए ४ घण्टाभित्र फेरि सुरु हुनसक्ने अवस्था हुदाँ रोकिएको अंक र सेटबाट सो खेल सुरु हुने प्रावधान रहेको पूर्वराष्ट्रिय प्रशिक्षक वीरेन्द्र चौधरीले बताए । चौधरीले भने, ‘तर खेल ४ घण्टा भन्दा बढिको समय रोकिने अवस्था भए, सो खेल पुनः सुरुआतबाट नै खेलाउनुपर्छ । तर, खेल रोकिएको ४ घण्टाभित्र नै सुरु गर्न सकिने अवस्था हुँदा नयाँ कोर्टमा रोकिएको सेट र अंक अनुरुप नै सुरु गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर