AArya
animated ellipse animated ellipse

विराट क्षितिज कलेज र लीपफ्रग टेक्नोलोजीबीच इन्टर्नशिप र प्लेसमेन्ट सम्बन्धि सम्झौता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०८१, बिहीबार १७:३५
180
Shares
विराटनगर / विराटनगर–२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाण्डौंस्थित लीपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि इन्टर्नशिप र प्लेसमेन्टमा सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता भएको हो ।

सम्झौता पत्रमा विराट क्षितिज कलेज विराटनगरको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र कार्की र काठमाण्डौंस्थित लीपफ्रग टेक्नोलोजीको तर्फबाट म्यानेजर किरणकुमार रेग्मीले हस्ताक्षर गरेका छन् ।

नेपालको टप कम्पनी मध्ये एक रहेको लीपफ्रग टेक्नोलोजीमा ५०० जना भन्दाबढी विशेषज्ञ सफ्टवेयर इन्जिनियरहरू कार्यरत रहेका छन्न् । यस सम्झौता अनुसार, कलेजका सेमेस्टर १ देखि ७ सम्मका विद्यार्थीहरूलाई विशेष आइटी तालिम प्रदान गरिनेछ ।

नेपाल मात्र नभएर भारत, जापान, कोरिया र इजरायलका आईटी कम्पनीहरूमा पनि इन्टर्नशिप र प्लेसमेन्टको अवसर प्राप्त गर्ने विराट क्षितिज कलेजले जनाएको छ । कलेजको नयाँ आएको व्यवस्थापकीय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक सत्रबाट बीएससी सिएसआइटी र बीसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शान्त तथा पठनीय वातावरणमा, सुविधा सम्पन्न भवनमा स्थायीत्व दिनेगरी कलेज विराटनगर–२ बरगाछी चोकस्थित नयाँ भवनमा सरेको छ । उक्त कलेजमा बीएससी सिएसआइटीमा ३६ र बी सिएमा ३५ जना विद्यार्थीको कोटा रहेको छ ।

सीमित विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षासँगै सिपयुक्त दक्ष जनशक्ति प्रदान गर्ने कलेजको दाबी छ । यस सम्झौताले नेपालको शैक्षिक क्षेत्र र आइटी उद्योगबीचको सहकार्यलाई बलियो बनाउने र देशको डिजिटल अर्थतन्त्रलाई टेवा र्पुयाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर