AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शान्ती चोक–राम मन्दिर क्षेत्रको सडक अलपत्र÷स्थानियले ज्ञापन पत्र बुझाए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७७, बुधबार १२:२५
1.48k
Shares
विराटनगर / विराटनगर ५ शान्ती चोकका स्थानिय आक्रोशित भएका छन् । लामो समयदेखि शान्ती चोक – राम मन्दिर क्षेत्रको सडक निर्माण कार्य अलपत्र पारीएको भन्दै स्थानिय आक्रोशित भएका हुन् ।

आक्रोशित भएका स्थानियले ७४ जनाको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् । सडक निर्माणकार्य छिटो सम्पन्न गर्न भन्दै वडा कार्यालय, विराटनगर महानगरपालिका र भौतिक पुर्वाधार विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको स्थानिय प्रशन्न वैद्यले बताए । उक्त सडकमा दिनँहु साना ठुला सवारी साधनको चाप हुने गरेको छ । तर अलपत्र छाडीएका कारण अत्यधिक धुलो उडेका कारण वातावरण प्रदुषणका साथै मानव स्वास्थ्यमा समेत गम्भिर असर परेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ । स्थानियले तत्कालका लागि दिनमा ३ पटक सम्म पानी पटाउन माग गरेका छन् ।

सम्बन्धित पक्षले बेवास्था गरेको खण्डमा ठूला गाडी प्रवेष निशेष गर्ने, बाटो अवरुद्ध गर्नका साथै आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । मौखिक रुपमा बारम्बार ध्यानाकर्षण गर्दा समेत बेवास्था गरेको भन्दै ज्ञापन पत्र बुझाउन बाध्य भएको स्थानियको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर