खबर पूर्वाञ्चल
कोरोना मुक्त हुनेमा २ सय ९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म कोरोना मुक्त हुनेको संख्या २२ हजार ७ सय ३१ पुगेको छ ।
प्रदेश १ मा आज थपिएका १ सय ३५ जना संक्रमित मध्ये सवै भन्दा बढी मोरङमा ५२ जना रहेका छन् । मोरङबाहेक सुनसरीमा ३५, झापामा २५, इलाममा ८, उदयपुर र संखुवासभामा २–२, पाँचथर, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २६, सुन्दरहरैचामा ८, बेलबारीमा ६, बुढीगंगा, केराबारी र सुनबर्षीमा २–२, रतुवामाई, पथरीशनिश्चरे, धनपालथान, कानेपोखरी, रंगेली र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा १५, धरानमा १०, बराहक्षेत्रमा ३, रामधुनीमा २, हरिनगर, दुहवी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ५, शिवसताक्षी, विर्तामोड र झापा गाउँपालिकामा ४–४, मेचीनगर र बुद्धशान्तिमा ३–३ र भद्रपुरमा २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता इलामको सुर्योदयमा ७, इलाम नगरपालिकामा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, संखुवासभाको मकालु र खाँदबारीमा १–१, पाँचथरको कुम्बायक, धनकुटाको महालक्ष्मी र खोटाङको साकेलमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ९ सय ५५ पुगेको छ ।
प्रदेश १ मा आज ६ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५४ महिला र ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९४ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।