१ करोड २० लाखमा रिक्कीले संचालनमा ल्याए फिट्नेश

खबर पूर्वाञ्चल, १६ भाद्र २०७८, बुधबार १८:५६

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसिनवारीमा १ करोड २० लाख रूपैयाँ लागतमा ‘न्यू सेप जिम एण्ड फिट्नेश वल्र्ड’ संचालनमा ल्याएका छन् ।

सितोरियो करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी प्रभाकर राना मगर (रिक्की) ले आजदेखि जिम र फिट्नेश गर्नेहरूको लागि संचालनमा ल्याएका हुन् । उक्त फिटनेशको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिहं कार्कीले गरे ।

करिब १ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न भवनमा अत्याधुनिक उपकरणहरू जडान गरि जिम एण्ड फ्टिनेश वल्र्ड संचालनमा ल्याएको उनले बताए । फिट्नेशमा कराते, बक्सिङ्ग, पर्सन टे«निङ्गहरू हुनेछ । ‘फिटनेशमा आउने सेवाग्राहीहरूको लागि हामीले दक्ष र अनुभवि प्रशिक्षकहरू राखेका छौं,’ संचालक मगरले भने । यहाँ दुई जना महिला प्रशिक्षक र तीन जना पुरूष प्रशिक्षकहरु रहेका छन् ।

प्रशिक्षकहरूमा मिस्टर मोरङ भएका प्रवित राजवंशी, करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी प्रभाकर राना मगर, ललिता राई, रचना भट्टराई, मनु मुखिया रहेकी छिन् । फिटनेशमा आउनेहरूका लागि प्याकेज बनाएको छ । ५ हजार ५ सय रुपैयाँमा तीन महिना, १० हजारमा ६ महिना र १ वर्षको १८ हजार रुपैयाँ शुल्क रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५