AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०८२, आईतवार ०९:१४
117
Shares
विराटनगर / विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा काठमाडौंको तीलगंगा आँखा अस्पतालका वरिष्ठ डाक्टरहरूले सेवा दिन थालेका छन् ।

पूर्वी नेपालको पहिलो आँखा अस्पतालको रूपमा रहेको गोल्छा आँखा अस्पतालमा तिलगंगाका वरिष्ठ डाक्टरहरूले परामर्श तथा उपचार सेवा दिन थालेका हुन् ।

विराटनगर महानगरपालिका–७ मा अवस्थित अस्पतालमा बुधबार र बिहीबार तिलगंगाकी वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा कन्सल्टेन्ट भिट्रियो–रेटिना सर्जन प्राडा रबा थापाले उपचार तथा शल्यक्रिया सेवा दिएकी थिइन् । उनको सेवाबाट मधुमेह र उच्च रक्तचापले आँखाको पदार्मा पार्ने समस्या लिएर अस्पताल आउनेहरू लाभान्भित बनेका थिए ।

तिलगंगाकी रेटिना विभाग प्रमुखसमेत रहेकी प्राडा थापाले ५२ जना आँखाको पर्दासम्बन्धी जटिल रोगको विस्तृत आँखा जाँच गरेकी थिइन् भने २३ जनाको आँखाको पर्दासम्बन्धी विशेष परीक्षण गरेको अस्पतालका म्यानेजर नवीन राजवंशीले जानकारी दिए ।

यसैगरी, प्राडा थापाले १३ जनाको लेजर पद्धतिबाट उपचार, ९ जनामा आँखाभित्र सुई लगाएर उपचार गरेको र तीन जनाको आँखामा जटिल शल्यक्रिया गरेको रावजंशीको भनाइ छ ।

उनका अनुसार अब प्रत्येक बिहीबार र शुक्रबार तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ विशेषज्ञरूको सेवा गोल्छा आँखा अस्पतालमा उपलब्ध हुने छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको व्यवस्थापनमा सञ्चालित अस्पतालले अत्याधुनिक प्रविधिसहित उच्च गुणस्तरीय र सर्वसुलभ सेवा दिने गरेको छ ।

२०३९ सालमा स्थापित यस अस्पतालले कोशी प्रदेशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरी हजारौंलाई उच्चस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

यस अस्पतालले विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी विगत केही वर्षदेखि निःशुल्क आँखा परीक्षण, चश्मा वितरण र मोतिबिन्दु शल्यक्रिया जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

त्यसबाहेक यस अस्पतालले विभिन्न स्थानीय तहहरूमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर