खबर पूर्वाञ्चल
आज मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै सत्तारुढ गठबन्धनमा छलफल गरेर संवैधानिक व्यवस्था अनुसार तोकिएको मितिमा विश्वासको मत लिने बताएका हुन् । उनले सत्ता गठबन्धनसँग प्रदेशसभाको बहुमत संख्या रहेकाले विश्वासको मत पाउने दाबी गरे ।
‘‘संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र लिने हो, हाम्रो सरसल्लाह हुन्छ, छलफल गर्छौं उपयुक्त समय निश्चित गरेर विश्वासको मत लिन्छौं’, उनले भने ।
थापाले आज नै प्रदेशसभाका ९३ मध्ये ४७ सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनले कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना गरी ४७ जनाको समर्थन जुटाएका थिए । त्यसका लागि सभामुख रहेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमले आज नै राजीनामा दिएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा ४७ जनाको समर्थन अनिवार्य चाहिने अवस्थामा सत्तापक्षकै कुनै प्रदेशसभा सदस्यले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने अवस्था आएमा मुख्यमन्त्रीले विश्वासको मत लिन नसक्ने आशंका पनि गरिएको छ ।
हाल उपसभामुख एमालेकी सुनिताकुमारी दनुवार रहेकी छिन् । उनले राजीनामा दिएमा ज्येष्ठ सदस्यको रुपमा कांग्रेसका गयानन्द मण्डलले सभाको अध्यक्षता गर्नुपर्ने हुन सक्छ । उपसभामुखको राजीनामासम्बन्धी प्रश्नमा मुख्यमन्त्री थापाले भने, ‘आएपछि सोचौला नि, उहाँको राजीनामाको परिकल्पना हामीले गर्ने होइन नि ?’
मुख्यमन्त्री थापाले आफ्नो सरकार ४ वर्षसम्म चल्ने पनि दाबी गरे । विश्वासको मत लिन कठिन रहेको अवस्थामा कतिपयले ३० दिनको सरकारका लागि सभामुखलाई राजीनामा गरायो भनेर टिप्पणी भइरहेको छ नि भन्ने प्रश्नमा थापाले भने, ‘कहाँ ३० दिनको ? यो सरकार ४ वर्षका लागि हो ।’
प्रदेशसभाको अंकगणितका कोशीको राजनीति यो कार्यकालमा सहज नभएको पनि थापाले बताए ।
सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट थापालाई अदालते बर्खास्त गरेको थियो । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, साउन ११ गते संविधान मिचेर थापाको नियुक्ति भएको भन्दै सर्वाेच्च अदालतले उनको नियुक्ति खारेज गरिदिएको थियो ।
थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रुपमा गठबन्धनले अगाडि सारेको हो । झापा घर भएका थापा प्रदेशसभामा समानुपातिकतर्फका सांसद हन् ।
कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।