AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विहार विधानसभा निर्वाचन लक्षित गर्दै जोगबनी नाका आज साँझदेखि तीन दिन बन्द

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ कार्तिक २०८२, शनिबार १२:०९
72
Shares
विराटनगर /विहार विधानसभाका लागि कात्तिक २५ गते (नोभेम्बर ११) मा हुने दोस्रो चरणको निर्वाचनका लागि विहार राज्यसँग जोडिएका नेपाल भारत सीमा नाकाहरु आज साँझ ६ बजेदेखि मंगलबार साँझ निर्वाचन सम्पन्न नहुन्जेलसम्म बन्द हुने भएको छ ।

अररिया जिल्लाका जिल्ला अधिकारी र प्रहरी अधीक्षकले संयुक्त रूपमा आदेश जारी गर्दै नाका बन्द रहने सूचना जारी गरेको हो । निर्वाचन सुरक्षाका लागि नेपाल तर्फका प्रशासकहरुसँगको संयुक्त बैठकले सहयोगका लागि नाका बन्द गर्न सहमति जनाएको सूचनामा उल्लेख छ ।

खुला रुपमा प्रयोग भइआएको सीमा नाका बन्द भएपनि अत्यावश्यक कार्य तथा यात्रा प्रयोजका लागि भने सम्बन्धित निकायको स्वीकृतिमा सीमा पार गर्न बाधा नहुने जनाइएको छ ।

सीमा बन्द रहने अवधिमा अररिया, फारविसगञ्ज, नरपतगञ्ज, जोकिहाट, सिकटी र पलासी क्षेत्रका नाकामा कडा निगरानी राखिने छ। स्थानीय प्रशासनले निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न दुबै देशका नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर