RUMPUM
animated ellipse animated ellipse

ग्रामथानमा तेली कल्याण समाज गठन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ आश्विन २०८०, सोमबार १८:४६
216
Shares
विराटनगर / तेली कल्याण समाज नेपाल, मोरङले ग्रामथानको नेताचौकमा आयोजना गरेको भेटघाट तथा परिचय कार्यक्रममा तेली कल्याण समाज, ग्रामथान तदर्थ समिति गठन गरेको छ ।

मोरङ जिल्ला अध्यक्ष डा. बालकृष्ण साहको अध्यक्षतामा आयोजित भेलाले ग्रामथान ७ का प्रदिप साहको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेका छन् । समितिको सहसंयोजकमा डा. सचितानन्द दास , सचिवमा रोशन साह, र सदस्यहरुमा तिलक साह, योगेन्द्र साह, राजेश साह, रामकृष्ण साह, क्रान्ति साह, विरेन्द्र साह, पंकज साह, शशिभुषण साह, रामराज साह, दिलिप साह र उमेश साह रहेका छन् ।

तदर्थ समितिले सदस्यता बढाउदै केही महिनामा नै ग्रामथान अधिवेशन गरेर ग्रामथान कार्यसमिति गठन गर्ने अध्यक्ष डा. बालकृष्ण साहले बताए । ग्रामथानमा करिव ५ सय तेलीहरुको जनसंख्या रहेको छ ।

मोरङको विराटनगर, रंगेली, रतुवामाई, सुनबर्षी, जहदा, सुन्दरहरैचामा यस अघिनै तेली कल्याण समाज नेपालको कार्यसमिति बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर