खबर पूर्वाञ्चल
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई वहुमत आवश्यक भएकोले दलहरुवीच वार्ता एवं सहमती कायम गरे मात्र संविधान संशोधन गर्ने बताए ।
प्रधानमन्त्रीको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (विआरआई )मा ऋण सम्बन्धी सम्झौतामा नभएको प्रष्ट पार्दै पूर्व प्रधानमन्त्री देउवाले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत दिए ।
।
सभापति देउवाले वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्ट नभएको बताउँदै यसले मुलुकमा राजनीतिक स्थायीय कायम हुनुका साथ मुलुक समृद्धितर्फ अगाडि वढी रहेको बताए ।
सभापति देउवाले विराटनगरमा कांग्रेसकै इतर अर्थात डा. शेखर कोइराला पक्षले गरेको भेलाका बारेमा अनभिज्ञता प्रकट गरेको छन् । उनले भेलाका बारेमा आफूलाई थाहै नभएको प्रतिक्रिया दिएका हुन् । पार्टी केन्द्रीय समितिको सर्कुलरविपरीत कोइराला पक्षले गत मंगलबार विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिहरुको भेला आयोजना गरेको थियो ।
भेलाको बन्दसत्र भने बेलबारीको ड्रीम ल्याण्ड पार्कमा भएको थियो । सभापति भेलाको बन्द सत्रमा कांग्रेस नेता डाक्टर शेखर कोइराला, मोरङ क्षेत्र नम्बर ३ का सांसद तथा मेडिकल व्यवसायी डाक्टर सुनील शर्मा, मोरङ क्षेत्र नम्बर १ का सांसद डिगबहादुर लिम्बू, डाक्टर मिनेन्द्र रिजाल, गुरुराज घिमिरेलगायतका नेताहरु सहभागी थिए । उनले नेकांको महाधिवेशन तोकिएको समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने बताए ।