कटहरीका किसानलाई पावर ट्रिलर वितरण

खबर पूर्वाञ्चल, ५ असार २०७९, आईतवार २०:५२
252
Shares
विराटनगर / मोरङको कटहरी गाँपालिकाकाले स्थानीय किसानहरुलाई पावर ट्रिलर तथा आधुनिक कृषी औजार वितरण गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रम आयोजना गरि कृषी औजारहरु वितरण गरेको हो ।

कृषी अधुनिकरण कार्यक्रम अन्र्तगत गाउँपालिकालले ११ थान पावर ट्रिलर, ९ थान मिनि ट्रिलर र ६ थान बस्र कटर लगाएत अन्य कृषी औजार वितरण गरेको छ ।

गाँउपालिकाका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सिता राजवंशी एवं गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत रोहिण आचार्यले कृषकहरुलाई टुलबक्स तथा अन्य कृषी औजार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले कृषि उपकरणको प्रयोगले उत्पादन वृद्धिमा ठूलो सहयोग पुग्ने बताए । गाउँपालिकाकाले कृषिमा प्रथामिकतामा राखेर काम गर्ने उलने बताए । ‘आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रमम र बजेटमा कृषिलाई गाउँपालिकाले प्राथामिकतामा राख्नेछ,’ उनले भने, ‘यहाँका कृषकहरूलाई खेतीप्रणालीमा सुधार गरि कृषि औजारको प्रयोगमा जोड दिनुपर्नेछ । जसले गर्दा उत्पादनमा वृद्धि हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५