बीमा अभिकर्ता पेसा अनि चुनौती

खबर पूर्वाञ्चल, २९ फाल्गुन २०७८, आईतवार १९:०४
1.08k
Shares
तिलकुमारी शर्मा
तिलकुमारी शर्मा
भनिन्छ नि१जीवनलाई मृत्युको,शरीरलाई दुर्घटनाको,स्वास्थ्यलाई रोगको,सम्पत्तिलाई चोरको सँधै खतरा हुन्छ । अर्को पनि भनाइ छ, कि उद्योग गरे दरिद्र नाश, भजन गरे पाप नाश, बचत गरे दुःख नाश, बीमा गरे आर्थिक जोखिम नाश, अटेर गरे सर्वनाश ११ त्यसैले यि सबैबाट बच्ने एक मात्र उपाय जीवन बीमा नै हो भन्दा फरक नपर्ला ।

यसकारण म आफुमाथी गर्व गर्छु कि म जीवन बीमा अभिकर्ता हुँ । जीवन बीमालाई आफ्नो पेशा ठान्छु । जीवन बीमाका फाइदा र महत्त्व बुझाउँदै बीमा गर्न उत्प्रेरित गर्नु मेरो कर्तव्य हो । अनि बीमा कम्पनी(बिमक) र बीमा गर्न चाहने व्यक्ति ९बिमित० बीच सम्झौता गरि बीमा गराउन मध्यस्थ कर्ताको भूमिका निर्वाह गर्नु मेरो मुख्य जिम्मेवारी ठान्छु ।

आफ्ना घर, परिवार, नातागोता, इष्टमित्र, छर छिमेकी, साथी भाई र चिनजानकालाई बीमा गर्न प्रेरित गर्छु । उनीहरुको भोलीको सुन्दर भविष्यको कल्पना गर्दै अनुशासित र नियमित बचत गर्न सुझाउँछु । भोली आउन सक्ने सम्भावित रोग,शोक र अशक्तताका कारण उक्त परिवारमा आर्थिक क्षति रोक्न र आज गरेको जीवन बीमा त्यस बखत सो परिवारको मलम पट्टी बन्न सकोस् भन्ने मुख्य उद्देश्य हो ।

जोखिम जो कोहीलाई आज भोली अहिले भरे जतिबेला पनि आउन सक्छ। जोखिम न त बाजा बजाएर आउँछ न त खबर गरेर नै । जोखिमले न उमेर हेर्छ न त पैसा छ छैन भनेर बिचार गर्छ न त धनि गरिब छुट्याउँछ न त ठूलो सानो नै भन्छ । तपाई हाम्रो जीवनमा अचानक प्रवेश गर्ने जोखिमले जीवन तहस नहस बनाएरै छाड्छ ।

कुनै पनि घटना, दुर्घटना भएपछि त्यस परिवारका सदस्यहरुले घर व्यवहार चलाउन र छोराछोरी पढाउनकै लागि कुनै पनि तल्लो स्तरमा झरेर काम गर्नु नपरोस् र उनीहरुको आर्थिक स्थितिमा विचलन नआओस भन्ने कुरा उनीहरुलाई प्रष्टयाउदै जीवन बीमा गराउने मेरो प्रयासलाई निरन्तर अगाडि बढाउँदै लैजादैछु ।

आज तपाई हामीले बीमा नगरेकै कारण भोलीको अवकाश प्राप्त जीवन वा रोगले थलिएको बेला वा अशक्तताको समय तहसनहस बनाउँछ। अनि तपाई हाम्रो शेषपछि परिवारले दुःखको सामना गर्नुपर्छ। त्यसैले आर्थिक बचत र सन्ततीको उज्ज्वल भविष्यको लागि जीवन बीमा अनिवार्य बन्दै गएको छ ।
के हो जीवन बीमा?
जीवन बीमा भविष्यको लागि बचत गर्ने एक उत्कृष्ट माध्यम हो भने अर्कातिर कुनै पनि व्यक्तिको जीवनमा भोली आइपर्ने संभावित आर्थिक दुर्घटनाबाट बच्नका लागि बिमित र बीमक बीच भएको कानूनी सम्झौता हो। अर्को शब्दमा भन्ने हो भने जीवन बीमा जोखिम हस्तान्तरण गरि क्षतिपूर्ति प्राप्त गर्ने उपर्युक्त माध्यम हो ।

ग्राहकको आर्थिक क्षमता र ईच्छा अनुसार अनि भोलीको आवश्यकतालाई महशुस गराउँदै बीमा गराउनु मेरो अर्को भूमिका रहन्छ । बीमा कम्पनीहरु र तिनले ल्याएका योजनाहरु के कस्ता छन्, बीमा शुल्क र बीमा गर्दा हुने सुरक्षा र पाइने सेवा सुविधा के कस्ता छन् यिनका बारेमा अवगत गराउन जरुरी हुन्छ । नेपालमा जम्मा १९ वटा जीवन बीमा कम्पनीहरु कार्यरत छन् । सबै कम्पनीहरु राम्रा छन् । जुनमा गरेपनि हुन्छ । तर जति सक्दो चाँडो गर्नुपर्छ । जति छिटो गरियो त्यति नै राम्रो हुन्छ । पहिला अरु व्यवहार मिलाएर बीमा पछि गरौंला भनियो भने नोक्सान आफैंलाई हुन्छ । एक त प्रिमियम बढी तिर्नु पर्छ अर्काे त रोग देखियो भने बीमा गर्न पाइन्न भने त्यसै समयमा कुनै घटना दुर्घटना भयो भने झनै समस्यामा परिन्छ। त्यसैले जीबन बीमालाई हाम्रो जीवनको प्राथमिकतामा राखौं र चाँडै बीमा गरौं। यि कम्पनीहरुले निकालेका योजनाका बारेमा राम्ररी बुझौं र मन परेको योजना छनौट गरी आफुलाई विश्वास लागेको अभिकर्ता मार्फत जीवन बीमा गरौं ।
बीमा कम्पनीले ल्याएका योजनाहरु मध्ये केही बीमा योजनाहरु यस्ता छन्

१. सार्वाधिक जीवन बीमा योजनास ः यस योजना अन्तरगत ११ वर्षदेखि ६५ वर्ष भित्रको व्यक्तिले ७० वर्ष उमेर पुग्न जति वर्ष बाँकी छ त्यति वर्षसम्म राख्न सकिन्छ । जति वर्षको लागि राखिन्छ त्यति वर्ष पूरा भएपछि आफुले बीमा गरेको बिमाङ्क रकम र त्यसको बोनस एक मुष्टरुपमा पाइन्छ ।

२. आजिवन जीवन बीमा ः यस योजनामा दुई पटक रकम पाइन्छ । अबधि पूरा भएपछि बिमाङ्क रकम र बोनस सबै पाइन्छ । त्यसपछि प्रिमियम तिर्नु पर्दैन । तैपनि बीमा कम्पनीले बिमितको जोखिम बहन गरिरहन्छ । १ सय वर्षपुगेपछि फेरी बिमाङ्क रकम बराबरको रकम पाइन्छ। यदि त्यति बेलासम्म बिमित नरहेमा घटना भएपछि लगत्तै हकवालाले पाउँछ ।

३. एनुअल मनि व्याक ९ प्रत्येक वर्ष पाँच प्रतिशत रकम फिर्ता दिन योजना ः यस योजना अन्तर्गत पहिलो प्रिमियम तिरेपछि दोस्रोदेखि अन्तिम प्रिमियम तिरिन्जेलसम्म प्रत्येक वर्ष बिमाङ्क रकमको पाँच प्रतिशत रकम घटाएर तिर्नुपर्छ । कम रकममा ठूलो जोखिम बहन गर्ने बीमा योजनाको रुपमा यसलाई लिइन्छ ।

४. मनि व्याक ९ प्रत्येक ४ र ५ वर्षमा रकम फिर्ता दिने योजना ः खास गरि यो व्यापारी वर्गकालागि उपयुक्त हुन्छ । बिमाङ्क रकमको केही प्रतिशत प्रत्येक ४ र ५ वर्षमा फिर्ता आउँछ । यदि समय अबधी अगाडि नै बिमितको मृत्यु भएको अवस्थामा फिर्ता गरिएको रकम नघटाई बिमाङ्क र आर्जित बोनस एकमुष्टरुपमा हकवालाले पाउँछन् ।

५. लिमिटेड सार्वाधिक योजना ः यस योजना अन्तरगत लामो समय अवधिको बीमा गरेपनि छोटो अवधीसम्म प्रिमियम तिर्न सकिने गरी यो बीमा योजना ल्याइएको छ ।

६. बाल जीवन बीमा योजना ः यस योजना अन्तर्गत जन्मने बित्तिकैदेखि बीमा गर्न सकिन्छ । एक जना बालबालिकाको बीमा गर्दा एकजना अभिभावकको पनि बीमा र जोखिम बहन हुन्छ । एउटै पैसाले अभिभावकसहित एकजना सन्तानको बीमा हुन्छ । जोखिम हस्तान्तरण पनि दुवै जनाको हुन्छ ।

७. एकल भुक्तानी ः यस योजनामा इच्छा गरेको अवधिकोलागि शुरुमै आफुले चाहेको रकम जम्मा गरेर पटक पटक तिरिरहने झंझटबाट बच्न सकिन्छ ।

८. घातक रोग विरुद्धको सुविधा ः यस सुविधामा १८ वटा घातक रोगहरु समेटिएको छ । कुनै पनि योजना लिएर यो सुविधा समावेश गर्न सकिन्छ ।

यो सुविधा लिएको तीन महिना पूरा भएपछि १८ वटा मध्ये कुनै पनि रोग लागेमा बिमितले घातक रोग विरुद्धको सुविधा जति रकमको लिएको छ त्यति नै रकम उपचारको लागि दिन्छ ।
जीवन बीमा आम्दानीको क्षती रोकी आर्थिक संरक्षणकालागि गरिने वचत हो ।
जीवन बीमा गर्दा के के सुविधा पाइन्छ त? अर्थात भविष्यमा आउन सक्ने जोखिमलाई कसरी हस्तान्तरण गर्छ जीवन बीमाले?

(क)बीमाले जीवनको रक्षा नगर्ला तर अवकाश प्राप्त जीवनमा आफुखुशी खर्च गर्न र सुखी जीवन बिताउन टेवा पुर्याउँछ ।

आफ्नो कमाइको एउटा सानो अंशबाट जीवन बीमा गरियो भने नजानिदो तरिकाले बचत भैरहन्छ । अवधी पूरा भएपछि निस्किएको रकम छोराछोरीको शिक्षामा, व्यापार व्यवसाय संचालन गर्न वा त अवकाश प्राप्त जीवनमा खुशीमा जीवन बिताउन मद्दत गर्छ । अझ भनौं यो स्वार्थी बन्दै गएको दुनियाँको बिचमा हुर्किएका आफ्नै सन्तानको माझमा निस्सासिइ रहेका बृद्व बृद्वा आमाबुबाहरुले स्वतन्त्र र निस्फिक्री भएर जीवन जीउन र आफुखुशी खर्च गर्न सक्नु हुन्छ । कसैको आशमा हात थाप्नु पर्दैन ।
(ख) स्थायी अशक्तता भएमा यदि स्थायी अशक्त भएको अवस्थामा बिमाङ्क रकमको आधारमा १०वर्षसम्म मासिक खर्च कम्पनीले व्यहोर्छ र बाँकी रहेको किस्ता छुट हुन्छ तिर्नु पर्दैन ।

(ग) घातक रोग विरुद्धको सुविधा ः यदि जीवन बीमा गरेको तीन महिनापछि १८ वटा मध्ये कुनै पनि घातक रोग लागेमा जति रकमको सुविधा लिएको छ त्यति नै रकम उपचार खर्च कम्पनीले व्यहोर्छ । जसले ठूलो धन राशी र जनको क्षति हुनबाट बचाउँछ । किनकी उपचारकालागि खर्च जुटाउने झंझटबाट मुक्त भइन्छ अनि डाक्टरले रोग प्रमाणित गर्ने बित्तिकै उपचार खर्च पाइने हुँदा रोग धेरै फैलिन नपाई उपचार गर्न पाइन्छ र रोग चाँडै निको हुन्छ ।

यदि बिमितको मृत्यु भएमा
(क) दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकममा सोही बराबरको थप रकम र त्यस अवधीको बोनस सहित एकमुस्ट रकम परिवारले पाउँछ ।
(ख) यदि प्राकृतिक (रोग लागेर ) मृत्यु भएको अवस्थामा नियमितरुपमा जति किस्ता तिरेको भएपनि बीमाङ्क रकम र त्यस अवधीको बोनस एकमुष्ट रुपमा परिवारले पाउँछ ।

यदि बाल बीमा गरेको भए बिमित बच्चाको प्रस्तावकको स्थायी अशक्तता भएको अवस्थामा बीमित बच्चा १६ वर्ष नपुगुञ्जेल बिमाङ्क रकमको १प्रतिशत मासिक खर्चको रुपमा दिन्छ र किस्ता पनि छुट हुन्छ। अवधी पूरा भएपछि बिमाङ्क रकम र त्यसको बोनस एकमुष्ट रूपमा दिन्छ ।
प्रस्तावकको मृत्यु भएमा मृत्यु भएको थाहा पाउने बित्तिकै बीमाङ्क रकम बराबरको रकम अग्रिम भुक्तानी गर्छ। त्यसपछि बीमित बच्चा १६ वर्ष नपुगुञ्जेल बिमाङ्क रकमको १प्रतिशत मासिक घर खर्चको रुपमा दिन्छ र किस्ता पनि छुट हुन्छ।बीमा चलिरहन्छ। अवधी पूरा भएपछि सबै पैसा फिर्ता पाइन्छ । यदि जीवन बीमा गरेको छ भने त्यसले आर्थिक क्षती हुन दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५