AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

संसद बन्द गरेर प्रधानमन्त्री दाहाल पिकनिक खान विदेश गएको अध्यक्ष ओलीको आरोप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ आश्विन २०८०, शुक्रबार १८:०३
252
Shares
विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल संसद बन्द गरेर पिकनिक खान विदेश गएको आरोप लगाएका छन् ।

आज विराटनगरमा कोशी प्रदेशको पहिलो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशमा सम्प्रादायिक तथा आर्थिक समस्या देख्दा देख्दै प्रधानमन्त्री दाहाल सत्र दिनलाई पिकनिक गएको आरोप लगाएका हुन्।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भएकोले सर्वसम्मतीले नेतृत्व चयन गर्न सके उत्तम नत्र निर्वाचनमाबाटै नेतृत्व चयन गर्न निर्देशन समेत दिए । उनले एमालेले सर्वसम्मतिले चयन गरे पनि निर्वाचनमा गए पनि आलोचना गर्ने भन्दै कायकर्तालाई समाजमा त्यसतो धारणा चिर्न समेत निर्देशन दिए।

अधिवेशनमा बोल्दै एमालेका महासचिव शंकर पोखरेलले एमालेले प्रदेशमा साम्प्रदायिक सदभाव बिगार्न दिन नहुने बताए। उनले प्रदेशको नाम राख्न कांग्रेस , माओवादीलगायत दल एक ठाँउमा उभिए पनि एमालेलाई मात्र राजनितीक रूपमा कमजोर बनाउन पहिचानवादीहरू लागेको बताए।

अधिवेशनमा बोल्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई दक्षिणपन्थी अराजकतावाद र संगठानिक संकिर्णवादलाई परास्त गर्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिए। एमाले कोशी प्रदेश अध्यक्ष तुल्सीप्रसाद न्यौपानेले अध्यक्षता गरेको उद्घाटन कार्यक्रममा एमाले सचिव रघुविर महासेठ , शिवमाया तुम्बाहाम्फेलगायतले शुभकामना मन्तव्य दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर