खबर पूर्वाञ्चल
पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेट र सिरहाले डिजायर क्रिकेट क्लब पूर्णियालाई ७ विकेटले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
जुटमिल खेल मैदानमा आज भएको पहिलो खेलमा पटनाका कुमार श्रेयले अविजित सतक प्रहार गर्दै आफ्नो टोलीलाई जित दिलाए ।
दिल्लीले दिएको १६८ रनको लक्ष्य पटनाले मात्र १२ दशमलव १ बलमा दुई विकेटको क्षतिमा पूरा गर्यो । जितको नायक कुमार श्रेयले केवल ३७ बलमा १ सय ८ रन बनाए । उनले १३ छक्का र ५ चौका प्रहार गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषित हुँदै नगद तीन हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै अनुज रञ्जनले २७ रन र रिशन राकेशले अविजित १८ रन बनाए । दिल्लीका साहिल अन्सारी र नितेश चौधरीले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १६७ रनको योगफल तयार पारे । दिल्लीका रोहन महालदनले ४१ रन बनाउँदा रोहन कुमारले २२ रन बनाए भने सुजित कुमारले २१ रनको योगदान दिए । पटनाका शशि आनन्दले ३ विकेट लिँदा रिसभ राकेश र नन्द किशोरले पनि २–२ विकेट लिए ।
दोस्रो खेलमा पूर्णियाले दिएको १२६ रनको लक्ष्य सिरहाले १३ दशमलव ५ बलमा ३ विकेटको क्षतिमा सहजै पूरा ग¥यो । सिरहाको जितमा दिपेश पासले अविजित रहँदै १८ बलमा ४४ रनको योगदान दिए । उनले २ छक्का र ६ चौका प्रहार गरे ।
त्यस्तै सिरहाका राकेश कामतले २१ रन बनाए र विजय थक्राजले पनि अविजित १६ रनको योगदान दिँदै टिमलाई जितसम्म पु¥याए । पूर्णियाका अमन अनिरले सर्वाधिक २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको पूर्णियाले १९ दशमलव ५ बलमा सवै विकेट १२५ रनको योगफल बनायो । पूर्णियाका रिजक कुमारले सर्वाधिक २४ रनको योगदान दिए सिरहाका फतेह सिद्धिकीले ३ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । त्यसैगरी चन्दन यादवले पनि ३ विकेट लिए ।
सोमबारको खेल भारतको विहार क्रिकेट क्लब र फारबिजगञ्जको मुन क्रिकेट क्लबबीच हुनेछ ।