पूर्वाञ्चल खबर
विराटनगर /बिहिवार हुने प्रतिनिधिसभा निर्वाचनका लागि विराटनगरको रानी नाका बन्द भएको छ ।
गए राति १२ बजेदेखि विराटनगरको रानीसँगै देशभरका सीमा नाका बन्द भएको हो ।
सशस्त्र प्रहरी बल नेपालको सुनसरी स्थित बराहा बाहिनी पकलीका डीआईजी मनीष थापाका गए राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सबै सिमानाका बन्द हुनेछन् ।निर्वाचनको सुरक्षाका लागि भारतीय सीमा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) र नेपालका सुरक्षा निकायले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती पनि गरिरहेका छन् ।
निर्वाचनमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्नका लागि प्रशासनले उच्च सतर्कता अपनाएको छ ।