animated ellipse animated ellipse

गोग्राहा कलेजले आयोजना गरेको प्राध्यापकका लागि क्षमता विकास तालिम सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०८१, बुधबार १८:४६
117
Shares
विराटनगर / प्राध्यापकका लागि संचालित ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिम सम्पन्न भएको छ ।

गोग्राहा कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाँचदिन सम्म संचालित सम्पन्न भएको हो ।

तालिममा पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक र सामुदायिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरूको सहभागिता रहेको थियो ।

यो तालिमले अनुसन्धानका क्षेत्रमा थप सहयोग मिलेको तालिममा सहभागि गोग्राह कलेजका प्राध्यापक अरुण कोइरालाले बताए । गोग्राहा कलेजले गरेको यो प्रयासले आफूहरूले विर्सन लागेका कुराहरू पुनःस्थापित भएको बताए । पूर्वाञ्चल विश्वविद्यालयले यस्ता कार्यक्रमको आयोजना गरेर प्राध्यापकहरूको क्षमता विकास गर्न विशेष भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

प्रा.डा. पेशल खनाल, सह-प्राध्यापक टोलनाथ काफ्ले र कृष्ण पाण्डेले प्राध्यापकहरूलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले पाँच दिनमा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न पर्नेमा जोड दिएका दिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय शिक्षा संकायका डीन अनिलकुमार पोखरेलले गोग्राहा कलेजले यस्तो कार्यक्रम आयोजना गर्नु सकारात्मक पक्ष रहेको बताए । उनले विश्वविद्यालय आफैँले यस्ता कार्यक्रम गर्नुपर्नेमा विविध कारणले गर्न नसकेको बताए । उनले आगामी दिनमा विश्वविद्यालयले यस्ता कार्यक्रमको आयोजना गर्ने बताए ।

गोग्राहा क्याम्पस प्रमुख गोबिन्द अधिकारीले यस्ता कार्यक्रम गर्न लागि पर्ने बताए । उनले तालिममा सहभागि प्राध्यापकहरूलाई अनुसन्धानमूलक लेख लेख्न आग्रह समेत गरे ।

समापन कार्यक्रममा गोग्राह कलेज व्यवस्थापन समितिका उपाध्यक्ष प्रमिला गच्छादार, पूर्वाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकाय विशेष समिति अध्यक्ष तथा कलेजका प्राध्यापक वेदुकुमार खतिवडा, गोग्राहा कलेजका प्राध्यापक तथा कलेज व्यवस्थापन समिति सदस्य लक्ष्मण गौतम, प्रकाश बूढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर