animated ellipse animated ellipse

मोरङको मुनालझोडामा मृत भेटिए हात्ती, गोली हानेको आशंका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ पुष २०८०, सोमबार १७:०६
234
Shares
विराटनगर / मोरङको सुन्दरहरैचा नगरपालिका १० मुनालझोडामा एउटा हात्ती मृत भेटिएका छन् । आज विहान हात्ती मृत अवस्थामा भेटिएको हो ।

मृत भेटिएको भाले हात्ती रहेको सव डिभिजन वन कार्यालय, सलकपुरका सहायक वन अधिकृत लाल वहादुर माझीले बताए । शरिरमा गोली लागेर रगत बगेको डाम रहेको उनले बताए । ‘घाटीदेखि मुनिका भागमा गोली लागेजस्तो दाग देखिएको छ,’ उनले भने, ‘विशेषज्ञ टोली आएर अनुसन्धान गरिनेछ । त्यसपछि थाहा हुनेछ ।’ अहिले कोशी टप्पु बन्यजन्तु आरक्षणबाट हात्तीको विशेषज्ञ टोली आउँदेछन् ।

हात्ती शिकारीले मारेको बुझिएको छ । मृत भेटिएको हात्तीको पुच्छर छैन । हात्ती मारेपछि पुच्छर शिकारी समूहले लगेको हुनसक्ने आशंका गरिएको छ ।

घटनास्थलमा डिभिजन वन कार्यालय मोरङका प्रमुख डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरे पुगेका छन् । ‘केही दिन अगाडीदेखि भारतबाट बाहुनडाँगी हुँदै मोरङको उत्तरी क्षेत्रमा प्रवेश गरेको दुई दर्जन बढी हात्तीको समूह मध्येका एउटा हात्ती मृत भेटिएको छ,’ उनले भने, ‘अहिले घटनको अनुसन्धान भइरहेको छ । पोस्मार्टम गरेपछि थप विषय खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर