AArya
animated ellipse animated ellipse

हिसान स्पोर्टस् मिटमा कान्तिपुर,पशुपति,शिक्षादीप,सिटी , मोडर्न एरा, अरनिको, अर्किड र कान्तीपुर कलेज विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ माघ २०८०, बिहीबार १७:४५
2.05k
Shares
विराटनगर / हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत आज भएको खेलमा कान्तीपुर,पशुपती,शिक्षादीप,सिटी , मडर्न एरा, अरनिको, अर्किड कान्तीपुर कलेज विजयी भएका छन् ।

विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तीपुर कलेज र अरनिको कलेज विजयी भएको छ ।

पहिलो खेलमा कान्तीपुरले मेरिल्याण्ड कलेजलाई ५६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तीपुरले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई १ सय २४ रन जोडेको थियो । जस्मा राज वर्माले ४४ रन जोड्दा कृतिक कामतले २५ रन जोडे । मेरिल्याण्डका सागर पोद्धारले २ विकेट लिए ।

१ सय २५ रनको चुनौती पाएको मेरिुल्याण्डले १३ दशमलव ५ बलमा सवै विकेट गुमाई ६८ रनमा सिमित भयो । जस्मा कुष्णकुमार देवले सर्वाधिक २४ रन बनाए । कान्तीपुरका म्यान आफ द म्याच कृतिक कामत सर्वाधिक ३ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले कोवास कलेजलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको विशाल योगफल बनाएको थियो । जस्मा सागर मोचीले ४९ रन बनाउँदा सोनु साहले ४१ रन बनाए । कोवासका अभय यादवले २ विकेट लिए ।

१ सय ५४ रनको चुनौती पाएको अरनिकोले १२ दशमलव २ बलमा सवै विकेट गुमाई ४७ रनमा सिमित भयो । कोवासका कुनै पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । अरनिकोका म्यान आफ द म्याच अमर यादवले सर्वाधिक ५ विकेट लिए ।

त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा सिटी, मडर्न एरा,अर्किड र कान्तीपुर कलेज विजयी भएका छन् ।

पहिलो खेलमा विराटनगरको सिटी कलेजले नेता उर्लाबारीको होली चाइल्ड स्कुललाई २–१ को गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा म्यान अफ द म्याच सन्दीप राई र भरतकुमार साहले १–१ गोल गरे भने उलाबारीका मौसम लावतीले १ गोल गरे ।

दोसा्रे खेलमा विराटनगरको मडर्न एरा स्कुलले बुद्ध स्कुललाई सडन डेथमा ६–५ को गोल अन्तरले पारजित गरेकबो छ । निर्धारित समय र पेनाल्टी सुटआउटमा दुवै टिमले बराबरीमा खेल खेलेपछि खेलको सडन डेथबाट भएको हो । खेलमा म्यान अफ द म्याच मडर्न एराका सन्दीप भट्टराई घोषित भए ।

तेस्रो खेलमा अर्किड कलेजले शिक्षादीप कलेजलाई २–१ को गोल अन्तरले पराजित गरेको छ । अर्किडको जितमा म्यान अफ द म्याच सागर विश्वकर्मा र अनिष श्रेष्ठले १–१ गोल गरे भने शिक्षादीपका प्रसिद्ध पोखरेलले १ गोल फर्काए ।
चौथो खेलमा कान्तीपुर कलेजले जनक स्कुललाई १–० को गोल अन्तरले पराजित गरेको छ । कान्तीपुरको जितमा म्यान आफ द म्याच आयुस मगर १ गोल गरे ।

त्यस्तै आजै भएको भलिबलमा कान्तीपुर कलेज। पशुपती स्कुल र शिक्षदीप विजयी भएका छन् ।

पहिलो खेलमा कान्तीपुरले जनक स्कुललाई २५–७ र २५–९ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तीपुरका कमल श्रेष्ठ घोषित भए ।
दोस्रो खेलमा पशुपती स्कुलले सिद्धार्थ स्कुललाई २५–१४ र २५–१३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच पशुपतीका कृष्णकुमार सहनी घोषित भए ।

तस्रो खेलमा शिक्षदीप कलेजले अरनिको कलेजलाई २५–८ र २५–१५ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षदीपका आर्दश लिम्बु घोषित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

3 comments

  1. 🙏🙏🙏२ वर्ष अघि जब म ८ कक्षामा पढिरहेको थिए। मेरो गाउँको धेरै जना यही हाम्रो कान्तिपुर कलेजमा पढिरहेका थिए। उनीहरू जब घर आउँथे तब उनीहरूले हामीलाई भन्थे कि कान्तिपुर कलेजले धेरै खेलहरुमा भाग लिन्छन् र विजय हासिल गर्नमा सफल हुन्छ। धेरै मान्छेहरु भन्छन् अरनिको कलेज, शिक्षादिप कलेज‌, अरकिड कलेज, आदि कलेजहरु राम्रो छ। तर धेरै मान्छेलाई थाहा छैन कि राम्रो बिद्यार्थीलाई टप गराउन कठिन हुँदैन तर पढाइमा कमजोर हुने बिद्यार्थीलाई पास पनि गराउन धेरै कठिन हुन्छ। यो काम अहिलेसम्म हाम्रो कान्तिपुर कलेजले मात्र गरेकोथियो, गर्दैहुनुहुन्छ र गर्दैरहन्छ। म पनि पढाइमा कमजोर नै थिए तर मैले कान्तिपुर कलेजमा भर्ना भए र अहिले म पढाइमा राम्रो भइसकेको छु। म त कुनै पनि खेलमा भाग लिएको छैनौ तर मेरो धेरै साथीहरुले भाग लिएको छ। उनीहरू लाई हौसला बढाउन को लागि म पनि सहभागी हुनेछु। ⚽ 🏏 🏀 🏓 🏃‍♂🙏🙏

  2. Well played 🔥❤️ Boys
    CONGRATULATIONS 👏 All Of You
    Best wishes for next game 🙏

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर