animated ellipse animated ellipse

अवैध चोरी, तस्करी पूर्ण नियन्त्रण गुर्छ : डिआइजी बिसी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ असार २०७८, सोमबार १८:२०
981
Shares
पत्रकार सम्मेलनमा बोल्दै डिआजी अरुणकुमार बिसी । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरूणकुमार बिसीले समाजमा शान्ति सुरक्षाको अवस्थालाई कायम गरेर कानुन कार्यान्वयन गर्दै अवैध गतिविधि र चोरी तस्करी पूर्ण रुपमा नियन्त्रण गर्ने बताएका छन् ।

प्रदेश प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै डिआइजी बिसीले आफ्नो कार्ययोजनामा तस्करी नियन्त्रण प्रथामिकतामा रहेकोले चोरी, तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्ने दाबी गरेका छन् । ‘प्रदेश १ मा रहेको भारतसँग सीमा जोडिने जिल्ला झापा, मोरङ र सुनसरी हो ।

बोर्डर जोडिएको जिल्लामा तस्करी हुने गरेको जनगुनासो आउने गरेको छ,’ उनले भने, ‘मेरो ब्रम र क्षमताले भ्याएसम्म पूर्ण रूपमा तस्करी नियन्त्रणमा लागि पर्नेछु ।’ सुनसरी र मोरङमा सरूवा भएर पाँच दिन अगाडी आएका एसपी द्धोय सञ्जय सिंह थापा र जर्नादन जिसी सामुन्ने डिआइजी कार्कीले भने, ‘तस्करी नियन्त्रणमा मेरो कार्ययोजना अनुसार मुल मर्म र दिशा निर्देशन भएर लाग्नुपर्दछ ।’ कार्कीले अपराध अनुसन्धानमा पारदर्शी, निष्पक्ष भएर अपराध नियन्त्रणमा आफु लागि पर्ने बताए ।

‘अपराध रहित समाज निर्माण गर्नु मुख्य देय हो,’ उनले भने, ‘आफ्नो कार्यकालभरी अपराध नियन्त्रणमा लागि पर्नेछु ।’ उनले प्रहरीलाई आर्थिक पारदर्शी कायम गराउन लागि पर्ने बताए । डिआइजी कार्कीले आफ्नो कार्ययोजना सार्वजानिक गर्दै प्रहरी सधैभरी नागरिक मैत्री भएर काम गनुपर्ने बताए ।

‘प्रहरी सधैभरी नागरिक मैत्री भएर सेवा प्रदान गरिनुपर्दछ,’ डिआजी कार्कीले भने, ‘मातहतमा सम्पूर्ण प्रहरीलाई नागरिक मैत्री भएर सेवा दिन निर्देशन दिइसकेको छु ।’ प्रहरीले मानवअधिकार मैत्री भएर विपद व्यवस्थापनमा पनि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रहरीका बहालवाला र पूर्व अधिकृत जोडिएको सुन तस्करी र २०७४ साल फागुन १८ गते भएको सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्दा बिसी मोरङ प्रहरी प्रमुख थिए  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रदेश १ मा सरूवा भएर आएका उनले यसअघि प्रदेश १ का विभिन्न प्रहरी युनिटमा बसेर  काम गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर