AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा कविता लेखन तथा वाचन प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०८२, बुधबार १७:५२
162
Shares
विराटनगर / विराटनगर ८ मा आवस्थित ग्रेडेड इङ्लिस मिडियम सेकेण्डेरी स्कुलले अतिरिक्त क्रियाकलाप अन्तर्गत आज विद्यालय परिसरमा कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरेको छ।

कक्षा ६ देखि कक्षा १० सम्मका २३ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको अध्यक्षता विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले गरे। यस्तै निर्णायकको भूमिकामा साहित्यकार हरि कट्टेलरहेका थिए। कविता लेखन तथा वाचन प्रतियोगितामा प्रथम स्थान कक्षा ८ की बर्शिका न्यौपाने , द्वितीय कक्षा ७ को साईरा रिमाल , तृतीय स्थान कक्षा ९ को मनिषा राजवंशी र सन्त्वना स्थान कक्षा ७ को यसराज सिंहले हासिल गरे ।

विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई विद्यालयले कविता लेखन तथा वाचनको तालिम पनि प्रदान गरेको थियो। विद्यालयले यस प्रकारका अतिरिक्त अन्य क्रियाकलाप प्रत्येक बुधबारका दिन गर्दै आएको कविता लेखन तथा वाचनका संयोजक श्रीमती जमुना अधिकारीले जानकारी गराइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर