मिथुनको हत्याको आरोपमा श्रीमतीसहित ५ जना पक्राउ

खबर पूर्वाञ्चल, २६ असार २०७७, शुक्रबार २१:५३

विराटनगर / सुनसरी देवानगञ्ज गाउँपालिका– ७ का २५ वर्षिय मिथुन उराँउको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको छ ।

असार ३ गते भएको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले मिथुनको श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न भएको आरोपमा मिथुनकी श्रीमती प्रमिला उराँव, सासु छवनीदेवी उराँव, ससुरा रामदेव उराँव, अरविन उराँव र अजय उराँवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

प्रहरीले मृतकका सासुससुरा र श्रीमतीलाई असार २४ गते नियन्त्रणमा लिएको थियो । अरविन र अजयलाई असार २५ गते पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

असार ६ गते प्रहरीले गढी गाउँपालिका– ६ सत्तेरझोडास्थित बुढी खोला पुल छेउको नदी किनारमा आधा पुरेको अवस्थामा मिथुनको शव फेला पारेको थियो ।

शव भेटिएपछि उत्खनन गरी प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो । त्यसपछि शव पहिचानको प्रयास र्गयो ।

असार १० गते देवानगन्ज गाउँपालिका – ७ का जगदिश उराँव छोरा हराएको भन्दै प्रहरी कार्यालय पुगे । ससुराली गएको छोरा नफर्किएपछि खोजी गर्न प्रहरी कार्यालय पुगेका जगदिशले छोराको शव पहिचान गरे पछि मिथुनको हत्या भएको खेलेका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५