AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

छुरा प्रहार गरि धरानमा युवकको हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ बैशाख २०८३, आईतवार १८:५९
3
Shares
धरान / आज दिउँसो सुनसरीको धरानमा छुरा प्रहार गरेर एक जना युवकको हत्या भएको छ ।

स्थानीय युवासँग आपसी विवाद हुँदा दिउँसो १ः४५ बजेतिर धरान उपमहानगरपालिका–१० बेलगाछी लाइनका २७ वर्षीय जीवन भुजेलमाथि छुरा प्रहार भएको हो ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले भुजेलको हत्या भएको बताए । छुरा प्रहारबाट भुजेलको दायाँ कुममा गम्भीर चोट लागेको थियो । गम्भीर अवस्थामा उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँ सम्भव नभएपछि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरियो ।

उपचारकै क्रममा उनलाई चिकित्सकले दिउँसो ४ः३५ बजेतिर मृत घोषणा गरेको डीएसपी खड्काले बताए । उनका अनुसार घटनामा संलग्नको पहिचान भइसकेको छ । पक्राउ भने परेका छैनन् ।

भुजेललाई धरान–१९ का अन्दाजी २८ वर्षीय जीमी भनिने अर्जुन विश्वकर्माले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । ‘हत्यामा संलग्न फरार भएका छन् । पहिचान भइसकेको छ । पक्राउका लागि खोजी तीव्र पारिएको छ,’ डीएसपी खड्काले भने । भुजेल र विश्वकर्माबीचमा के विषयलाई लिएर विवाद भएको थियो भन्ने पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर