खबर पूर्वाञ्चल
महानगरपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा बिद्युत हेल्पर पदमा कार्यरत सुभाष खड्काको उपचारका क्रममा विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा मंगलबार मृत्यू भएको जनाइएको छ ।
बैशाख पहिलो साता स्वास्थ्यमा समस्या आएको भन्दै खड्का विदामा बसेका थिए । त्यसपछि उनको अवस्था झनझन गम्भीर बन्दै गएपछि सोमबार कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज विहान ७ बजे मृत्यू भएको उपचार केन्द्रका संयोजक बैजनाथ साहले जानकारी दिए ।
उच्च रक्तचापको समस्या समेत रहेका खड्काले पहिलो पटक कोरोना संक्रमणको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र टाइफाइड भएको भन्दै वडा कार्यालयमा जानकारी गराएका वडा सचिव माधव काफ्लेले बताए । ‘अचानक दुखद खबर सुन्नुपर्यो’ काफ्लेले भने ।
हाल विराटनगर–१३ मा बसोबास गर्दै आएका खड्का महानगरपालिकामा १५ बर्षदेखि कार्यरत रहेको उनले जानकारी दिए ।