खबर पूर्वाञ्चल
सेवा प्रवाह प्रभावकारी नभएको र व्यापाक भ्रष्टचार बढेको जनगुनासो आएपछि उनी अनुगमनमा निस्किएकी थइन् । अनुगमनका क्रममा कार्यालय अस्तव्यस्त रहनुका साथै मालपोत कार्यालय विराटनगरमा बिचौलियाहरूको बिगबिगी रहेको, बिचौलियाहरूनै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको भेटियो ।
मालपोत र नापी कार्यालयका सबै शाखाहरूमा अनुगमन गरिसकेपछि कर्मचारीहरूलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उनले निर्देशन दिइन् । उनले सार्वजनिक सेवा प्रवाह नभएको बताउँदै ईमान्दारिता पूर्वक कार्य गर्न निर्देशन दिइन् । ‘जनतालाई दिइने सेवा प्रभाव चाँडो र चुस्त सेवा दिनुपर्नेछ,’ उनले भनिन्, ‘नीति नियम अनुसार काम गर्न निर्देशन दिएको छु । कुनै पनि लेखनदासलाई कार्यालय भित्र ढडा लिएको देखियो । यो गलत हो । यस्तो गलत क्रियाकलाप बन्द गर्न सम्बन्धित कार्यालयमा बन्द गर्न निर्देश दिएको छु ।’