RUMPUM
animated ellipse animated ellipse

प्याब्सन र न्यूरोबीच सौलियतमा उपचार गर्ने सम्झौता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०८१, शनिबार १८:०७
846
Shares
विराटनगर / प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ ।

सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो ।

सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । न्यूरोले समझदारी अनुसार प्याब्सन आवद्ध सदस्य, संचालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्रित परिवारको सौलियतमा उपचार गरिदिने भएको प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए । सम्झौतापछि ओपीडि निःशुल्क, ल्याबमा विशेष छुट दिने गरेको छ ।

सम्झौता कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, वरिष्ठ सल्लाहकार सावित्रा कुमारी पराजुली,प्रमुख सल्लाहकार सीतला सुब्बा, कोषाध्यक्ष विष्णु डंगोल, विराटनगर प्याब्सन उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिब अशोक लामालगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर