RUMPUM
animated ellipse animated ellipse

औषधी व्यसायीको सप्ताहव्यापी कार्यक्रम सकियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० असार २०८०, आईतवार १९:११
180
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले सुरू गरेको सप्ताहव्यापी कार्यक्रम सकिएको छ ।

संघले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन गरेको हो ।

संघले असार ६ गतेदेखि १० गतेसम्म विभिन्न सामाजिक कामहरू गरेको थियो । सप्ताहव्यापी रुपमा गरेको कार्यक्रम अग्रज औषधी व्यवसायीलाई सम्मान गरेर सकेको हो । संघको स्थापना दिवसको अवसर पारेर अग्रज औषधी व्यवसायी बेलबारीस्थित भण्डारी मेडिकल हलका ८० वर्षीया नारद भण्डारीलाई सम्मान गरिएको छ । सम्मानित भएका अग्रज व्यवसायी भण्डारी २०४८ सालदेखि औषधी व्यवसायी क्षेत्रमा आवद्ध भएर मर्यादित र स्वच्छ तरिकाले व्यापार व्यवसाय गर्दै आएका छन् । भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद भीम पराजुलीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । सोही दिन संघको भवनमा झण्डोतोलन कार्यक्रम पनि गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद पराजुलीले औषधी व्यवसायी सम्मानित पेशा भएकाले मर्यादित र स्वच्छ रुपमा व्यवसाय गरिनुपर्नेमा जोड दिए । व्यवसायीहरुको हकहितमा प्रदेश सभामा जहिले पनि आवज बुलन्द गरेर अगाडी बढने उनले बताए ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका सहकोषाध्यक्ष प्रदीप दास, एनसीडिए सुनसरीका अध्यक्ष रविन्द्र घिमिरे, मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, नेपाल औषधी तथा विक्री प्रतिनधी संघ केन्द्रीय कोषाध्यक्ष राम लुईटेल, नेपाल औषधी थोक व्यवसायी सघंका कोशी प्रदेश अध्यक्ष श्रीपतिलाल दास, मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रमको स्वागत मन्तब्य संघका सदस्य प्रकाश धिमालले गरेका थिए भने कार्यक्रम संचालन उपाध्यक्ष देशबन्धु ढकालले गरे ।

यसअघि संघले स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर, खुल्ला रक्तदान कार्यक्रम, कोशी अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण र मोरङ ट्राफिक प्रहरीलाई स्वास्थ्य समाग्री वितरण गरीसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर