animated ellipse animated ellipse

कोशी प्रदेशको राजनीतिक संकट समाधान कांग्रेसले गर्न सक्ने भए पनि गर्न नचाहिरहेको हो : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ आश्विन २०८०, बिहीबार १६:२६
234
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्य राजनीतिक अस्थिरताको विजारोपण नेपाली कांग्रेसले गरेको आरोप लगाएका छन् ।

आज विराटनगरमा जर्नादन मैनाली स्मृती पत्रकारीता पुरस्कार समर्पण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक संकट समाधान कांग्रेसले गर्न सक्ने भए पनि गर्न नचाहिरहेको बताएका हुन्।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको निर्माण उपधारा ५ को चरणमा दलहरूलाई उपेक्षा गर्ने अवस्थामा पुगेको भन्दै अवस्थामा सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेसको रहेको बताए। कार्कीले प्रदेशमा कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल संस्थागत रूपमा एमालेसँग सहकार्य गर्न आए निसर्त समर्थन गर्ने समेत बताए।

मुख्यमन्त्री कार्कीले देशमा माओवादीको नेतृत्वको सरकारले इजरायलमा रहेको नेपालीको उद्दार गर्न नसकेको र मृत नेपालीको शव समेत यत्रो दिन भित्र ल्याउन नसेकेको भन्दै आलोचना समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर