RUMPUM
animated ellipse animated ellipse

समाज परिवर्तनकालागि स्काउटको भूमिका महत्वपूर्ण : मन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ बैशाख २०७८, सोमबार १८:३८
252
Shares
विराटनगर / प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनकालागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् । उनले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवस्यक रहेको बताइन् ।

नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दीक्षान्त समारोहमा मन्त्री राई ले सो कुरा बताएकी हुन् । उनले प्रत्येक बालबालिकालाई स्काउट शिक्षा आवस्यक रहेकोमा जोड दिइन् । प्रदेशका विद्यालयमा स्काउट शिक्षा लागू गराउनकालागि आफु प्रतिबद्ध रहेको समेत उनले बताइन् । मन्त्री राईले भनिन,‘ मानव जीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ ।’

सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि नेपाल स्काउट प्रदेश समितिले आज मन्त्री राईलाई दीक्षित गरेको हो । सामाजिक विकास मन्त्रालयमा आयोजित दीक्षान्त समारोहमा मन्त्री राईलाई नेपाल स्काउट ऐन बमोजिम प्रदेश प्रमुख स्काउटका रुपमा दीक्षित गरेको हो ।

दीक्षान्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपालमा नैतिकवान नागरिक उत्पादनकालागि स्काउटले कामगरिरहेको बताए ।

प्रदेश संयोजक रवि खनालले सिमित विद्यालयमा रहेको स्काउट अहिले ठुलोम मात्रामा फैलिएको बताए । उनले प्रदेश १ का ५ सय बढी व्यक्तिहरुलाई स्काउट लिडरको तालिम प्रदान गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर