AArya
RUMPUM
animated ellipse animated ellipse

सामाजिक अभियन्ता तथा अधिवक्ता पेरिस सुवेदी सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ असार २०८२, शुक्रबार १५:४४
1.22k
Shares
विराटनगर/ सामाजिक अभियन्ता तथा अधिवक्ता पेरिस सुवेदीलाई कोशी प्रदेशमा आयोजित ट्राफिक सप्ताहको अवसरमा सम्मान गरिएको छ।

आज विराटनगरमा सम्पन्न एक विशेष समारोहमा सुवेदीलाई सम्मान गरिएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुवेदीलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान प्रदान गरेका थिए। ट्राफिक सुरक्षाको क्षेत्रमा निरन्तर सक्रियता देखाउँदै आएका सुवेदीलाई ट्राफिक प्रहरी र सम्बन्धित निकायसँगको सहकार्य, समन्वय र सहयोगी भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार सुवेदीले हरेक वर्ष ट्राफिक सप्ताहको सफल आयोजना तथा जनचेतनामूलक कार्यहरूमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। “समाजका हरेक व्यक्तिको सम्बन्ध सडकसँग जोडिएको हुन्छ,” उनले भने, “सुरक्षित र अनुशासित सडक व्यवस्थापनमा सुवेदीजस्ता सामाजिक अभियन्ताहरूको योगदान प्रेरणादायी छ।”

सप्ताहको उद्घाटन कार्यक्रम विराटनगरमा भव्य रुपमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। ट्राफिक सचेतना, नियम पालन र दुर्घटना न्यूनीकरणजस्ता विषयमा जनचेतना फैलाउने उद्देश्यले आयोजित ट्राफिक सप्ताहले प्रदेशस्तरमै सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

सुवेदीलाई प्रदान गरिएको सम्मानले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने व्यक्तिहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर