खबर पूर्वाञ्चल
मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने उनले बताए । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिम विराट क्याम्पसको भवनबाट शुरु गर्ने मन्त्री घिमिरेले बताए ।
तालिम केन्द्र निर्माणका लागि सामाजिक विकास मन्त्रालय र सुनसरीको करुणा फाउण्डेसनवीच सहकार्य हुने भएको छ । करुणाले भवनको मर्मत सम्हारको काम गर्ने भएको छ । भवन मर्मतका लागि ५७ लाख ९२ हजारको लागत इस्टिमेट निकालिएको फाउण्डेसनका योगेन्द्र गिरीले बताए । वि.स.२०४८ सालमा स्थापना भएको क्याम्पस ७ बर्षदेखि बन्द भएको सोही क्षेत्रका प्रदेशसभा सदस्य जयराम यादवले बताए । उनले तत्काल सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेको प्रदेशसभा सदस्य यादवले बताउनुभयो । प्रदेश सरकारले विश्वविद्यालयको कार्यक्रम शुरु गर्ने निर्णय गर्नु गौरवको कुरा भएको उनले बताए ।
क्याम्पस सञ्चालक समिति र दाताले भवन अगाडी रहेको प्रतिमाको संरक्षण, कामदारको निरन्तरता र क्याम्पस भवनमा राखिएको संस्थापकहरुको नामावली रहेको शिलालेखको संरक्षण गर्नुपर्ने शर्त राखेको छ ।