खबर पूर्वाञ्चल
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च– नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियान्ताहरुको सम्मेलन–२०७९ को आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको क्षेत्रअधिकार भित्र रहि मानवअधिकारको संरक्षण गर्ने कार्यमा सकारात्मक रहेको बताए । उनले प्रदेश संरचनालाई स्थापित गर्ने दायित्व हामी सबैमा रहेको छ भन्दै संरचनाको सम्वन्धमा उठेका विभिन्न आलोचनालाई चिर्न र यसलाई स्थापित गराउनका लागि पहिलो प्रयासको रुपमा मन्त्रालयको सङ्ख्या १३ बाट घटाई नौ मा झारेकोमा हौसला प्रदान गर्न समेत आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेको र अनुकुल समयमा सर्व सहमती वा विधि प्रक्रिया पुरा गरेर राख्ने हुनाले नामका लागि सल्लाह सुझाव दिन आग्रह गरे । उनले नामाकरणको समयमा हुने विरोध , आन्दोलनका गर्ने गलत कार्यमा विरुद्ध सरकारलाई साथ र सहयोग गर्नु पर्नेमा जोड दिए ।
मञ्चका अध्यक्ष भरत खड्का, केन्द्रीय महासचिव विदुर सुवेदी, संस्थापक सदस्य सुवोध प्याकुरेल, डा नेत्र तिम्सीनालगायतले मानवअधिकार , सामामाजिक न्याय र सङ्घीयता बलियो बनाउने कार्यमा अधिकारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।