विराटनगर-धरान सिक्सलेन सडकको ८० प्रतिशत काम पुरा

खबर पूर्वाञ्चल, १६ पुष २०७८, शुक्रबार १५:५२

कुमोद अधिकारी
विराटनगर / रानी विराटनगर, इटहरी, धरान सिक्सलेन सडकको ८० प्रतिशत काम पुरा भएको छ ।

व्यापारी मार्गको रुपमा चिनिने विराटनगरदेखि धरानसम्मको ४९ किलोमिटर सडकमध्ये रानी विराटनगरदेखि तरहरासम्मको ४२ किलोमिटर सडकको काम आगामी चैतसम्ममा सम्पन्न गर्ने गरि काम भइरहेको छ ।

धरानको सेउती खोला क्षेत्र तथा दुहवी वजार क्षेत्रको दुई किलोमिटर सडक वाहेक वाकी सडक आगामी चैत महिनासम्म सम्पन्न गर्ने गरि अहिले धमाधम काम भइरहेको छ । १० अर्व ९८ करोड रुपैया लागत अनुमान रहेको उक्त सडकमा ६ वटा निमार्ण कम्पनीले १७ वटा प्याकेजमा काम गरिरहेको रानी विराटनगर इटहरी धरान सिक्सलेन सडक योजनाका इन्जिनियर उपेन्द्र दासले वताए । सुनसरीको तरहरा वजार क्षेत्रमा एउटा प्याकेजको सम्पुर्ण काम सम्पन्न भई सडक हस्तान्तरण समेत भइसकेको छ ।

१० वर्ष अघि सडक निमार्णका लागी ठेक्का लागेको हो । गत आर्थीक वर्ष ०७५/०७६ काम सम्पन्न गर्नु पर्नेमा तोकिएको मितिमा काम सम्पन्न नभएपछि आगामी चैतसम्मका लगी म्याद थप गरिएको हो ।

यसैविच सो मार्गको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अनुगमन समेत गरे । मन्त्री कार्कीसहित मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मत्रालयका सचिव कालीप्रसाद पराजुली तथा मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख सडक निमार्णको जिम्मा पाएका निमार्ण कम्पनीका प्रतिनिधी टोलीले सडकको सयुक्त अनुमगन गरेको हो ।

अनुगगमको क्रममा मन्त्री कार्कीले तोकिएकै मितिमा सडक निमार्णको काम सम्पन्न गर्न सडक निमार्ण कम्पनीलाई आग्रह गरे । लामो समयदेखि सडक निमार्णकोका काम सम्पन्न नहुदा आवताजावतमा समस्या परेको भन्दै दुहवी वजार क्षेत्रमा सडकको काम चाडै सुचारु गर्न पहल गर्ने मन्त्री कार्कीले वताए ।

त्यसैगरि मोरङका प्रमुख जिल्ल्ला अधिकारी दाहालले आर्थिक दिष्टिकोणले पनि महत्वपुर्ण मानिने उक्त सडकको निमार्णसंगै त्यसको गुणस्तर, सडकको सौन्दर्यता र सडकको सरसफाइमा ध्यान पु¥याउनु आवश्यक रहेको वताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले दुहवी वजार क्षेत्रको दुई किलोमिटर सडक विस्तारमा अदालतले मुआव्जा दिनुपर्ने निर्णय गरेपछि काम रोकिएको प्रष्ट पारे । मंत्रालयका सचिव कालीप्रसाद पराजुलीले वाकी सडक खण्डको निमार्णको कामलाई तिव्रता दिनुपर्नेमा जोड दिए । अहिले दुहवी वजार क्षेत्रकाु दुई किलोमिटर तथा तरहरा उत्तर धरानजाने उक्त सडकको ५ किलोमिटर क्षेत्रमा काम हुन नसकेको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५