विराटनगर । प्रदेश १ मा आज थप तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । ती मध्ये १७ जना उपचार पछि निको भएका घर फर्किएका छन् भने नेपालभर संक्रमितको संख्या २ सय ९५ पुग्दा २ जनाको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिला तथा धनकुटाकी ३४ वर्षीय महिलामा कोरोना देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यायलस्थित कोरोना इन्फर्मेशन डेस्कले जनाएको छ ।
तपाईको प्रतिक्रिया