खबर पूर्वाञ्चल
मोरङमा २ सय १०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १३ महिला ८ पुरुष, कटहरीमा ७ महिला १२ पुरुष, बुढीगंगामा १ महिला ४ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १/१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा २८ महिला २६ पुरुष, इटहरीमा ६ महिला १२ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, रामधुनीमा २ महिला २ पुरुष, बर्जुमा १ महिला ३ पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा १/१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला २ पुरुष, झापाको भद्रपुरमा १ महिला ५ पुरुष, विर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बा¥हदशी, अर्जुनधारा, बुद्धशान्तिमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरि संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १/१ पुरुष र प्रदेश १ बाहिरका २ महिला ३ पुरुषमा स.क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३२ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १/१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १ सय २२ पुगेको छ ।